Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कर्णाली बचाऔं अभियानद्धारा काठमाडौंमा मोटरसाइकल र्याली

\"karnali_bachau\"काठमाडौं, ९ साउन । कर्णाली बचाऔं अभियानको कार्यक्रम उत्कर्षमा जाँदै गर्दा अभियन्ताहरुले ूहाम्रो कर्णाली (हाम्रो लगानीूको नाराको साथमा बालाजु चोक देखी भृकुटीमण्डपसम्म मोटरसाइकल र्‍याली गरेका छन । बिहान १० बजे देखी शुरु भएको उक्त कार्यक्रममा करिब २०० वटा मोटरसाइकल र ३०० जति सहभागी थिए । उक्त र्‍यालीलाई प्रशासनले स्कर्टिङ गरेको थियो । सो शान्तिपुर्ण र्‍याली कर्णाली बचाऔं सामाजिक संजालका अभियन्ता ईश्वर अर्याल र अर्का अभियन्ता नबिन डिसीले संयुक्त रुपमा संयोजन गरेका थिए र कर्णाली बचाऔं केन्द्रिय सरोकार समितिका अध्यक्ष भरतबहादुर शाही प्रमुख बक्ता थिए । भृकुटीमण्डपमा समापन भएको सो कार्यक्रममा बोल्दै लेखक तथा अभियन्ता सन्तोष चिमरियाले कर्णालीको महत्व प्रकाश पार्दै यसमा नेपालीको लगानी सुनिश्चित गरिनु पर्ने कुरा बताएका थिए । अर्का वक्ता ईश्वर अर्याल आफु यहि अभियानको लागी बिदेशबाट नेपाल आएको र सगरमाथा, लुम्बिनी जस्तै कर्णाली देशकै सम्पती भएको र एक इन्च हस्तक्षेप पनि आजका युवाहरुलाई मान्य नहुने कुरा बोलेका थिए । डाक्टर केसीको प्रसंग जोड्दै उनको जीवनरक्षा जस्तै कर्णालीले पनि जीवनरक्षा माग गरिरहेको र सरकारले उक्त सम्झौता खारेज गरेर शतप्रतिशत नेपालीको लगानी सुरक्षित नगरेसम्म आफुँ चुप नलाग्ने जानकारी दिएका थिए । यसै गरेर कार्यक्रम संचालक नबिन डिसीले कर्णालीबाट निस्कने उर्जा खपतको बारेमा प्रकाश पार्दै सम्पूर्ण स्वयंसेवकहरुलाई हार्दिक धन्यबाद दिएर करिब १२ बजे कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending