Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कर्णाली बचाऔं अभियानद्धारा काठमाडौंमा मोटरसाइकल र्याली

\"karnali_bachau\"काठमाडौं, ९ साउन । कर्णाली बचाऔं अभियानको कार्यक्रम उत्कर्षमा जाँदै गर्दा अभियन्ताहरुले ूहाम्रो कर्णाली (हाम्रो लगानीूको नाराको साथमा बालाजु चोक देखी भृकुटीमण्डपसम्म मोटरसाइकल र्‍याली गरेका छन । बिहान १० बजे देखी शुरु भएको उक्त कार्यक्रममा करिब २०० वटा मोटरसाइकल र ३०० जति सहभागी थिए । उक्त र्‍यालीलाई प्रशासनले स्कर्टिङ गरेको थियो । सो शान्तिपुर्ण र्‍याली कर्णाली बचाऔं सामाजिक संजालका अभियन्ता ईश्वर अर्याल र अर्का अभियन्ता नबिन डिसीले संयुक्त रुपमा संयोजन गरेका थिए र कर्णाली बचाऔं केन्द्रिय सरोकार समितिका अध्यक्ष भरतबहादुर शाही प्रमुख बक्ता थिए । भृकुटीमण्डपमा समापन भएको सो कार्यक्रममा बोल्दै लेखक तथा अभियन्ता सन्तोष चिमरियाले कर्णालीको महत्व प्रकाश पार्दै यसमा नेपालीको लगानी सुनिश्चित गरिनु पर्ने कुरा बताएका थिए । अर्का वक्ता ईश्वर अर्याल आफु यहि अभियानको लागी बिदेशबाट नेपाल आएको र सगरमाथा, लुम्बिनी जस्तै कर्णाली देशकै सम्पती भएको र एक इन्च हस्तक्षेप पनि आजका युवाहरुलाई मान्य नहुने कुरा बोलेका थिए । डाक्टर केसीको प्रसंग जोड्दै उनको जीवनरक्षा जस्तै कर्णालीले पनि जीवनरक्षा माग गरिरहेको र सरकारले उक्त सम्झौता खारेज गरेर शतप्रतिशत नेपालीको लगानी सुरक्षित नगरेसम्म आफुँ चुप नलाग्ने जानकारी दिएका थिए । यसै गरेर कार्यक्रम संचालक नबिन डिसीले कर्णालीबाट निस्कने उर्जा खपतको बारेमा प्रकाश पार्दै सम्पूर्ण स्वयंसेवकहरुलाई हार्दिक धन्यबाद दिएर करिब १२ बजे कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE