Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सरकारमै बसेर सदन र सडक आन्दोलन !

टिप्पणी काठमाडौं, ६ साउन । अल्पमतको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सरकारमै रहेर सदन र सडक आन्दोलन गर्दै रणनीति बनाएको छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने बरु सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने रणनीति एमालेले लिएको हो । \"kp-oli\"संविधानसभाले बनाएको संविधानमा नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ । विश्वासको मत प्राप्त गर्न नसके सरकार छाड्नुपर्ने संविधानमै स्पष्ट हुँदाहँुँदै आफै जनताको लोकप्रिय भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले सत्ता नछाड्ने बरु आन्दोलन चर्काउने योजना बनाएका छन् । अल्पमतमा परेपछि पनि सरकार नछाड्ने बरु सडक र सदनमा आन्दोलन चर्काउने एमाले रणनीतिले स्वयं एमालेको मात्र होइन, संसदीय राजनीतिक ब्यवस्थाकै धज्जी उडाएको छ । सरकारले सडक र सदनमा आन्दोलन त गर्ने तर कसकाविरुद्ध गर्ने ? सरकारमा रहेको दलले विपक्षीका विरुद्ध आन्दोलन गर्ने भन्ने कुराले लोकलाई लाज भएको छ । एमालेले सोही रणनीति अनुसार आफ्ना भातृ संगठनका युवाहरुलाई सडकमा उतारिसकेको छ भने सदनमा विहीबारदेखि हुने वैठकमा किचलो गर्ने तयारी गरेको छ । कथंकदाचित एमालेले संसद बैठक अवरोध गरेमा नेपालको राजनीतिक इतिहासमै सम्भवतः पहिलो पटक सरकारले सदन अवरोध गरेको कुरा लेखिनेछ । अझ बिडम्बनाको कुरा त संसदमा रहेका दलहरुबाटै विश्वास नभएर अल्पमतमा परिसकेपछि पनि सडकमा आफू लोकप्रिय रहेको भन्दै भाषणबाजी गर्दै हिड्नुले पनि प्रधानमन्त्री ओलीको साख अझ गिराएको छ । को कति लोकप्रिय छ भन्ने फैसला नागरिकले आगामी दिनमा निर्वाचनबाट गर्नेछन्, अहिले नै आफैले आफैलाई लोकप्रिय भन्दै हिड्नुको तुक देखिदैन । आफू साँच्चिकै लोकप्रिय रहेको र लोकप्रिय कार्यक्रमहरु ल्याएको कुरा आगामी निर्वाचनमा जनतालाई बुझाउन सकेमा जनताले पत्याएमा एमाले ठूलो पार्टी पनि भएर आउनेछ । सरकारबाट बाहिर भइसकेपछि आफूले काम गर्न खोज्दा खोज्दै नदिएको भनी अरु दलहरुको भण्डाफोर गर्नु जायज पनि होला । तर सरकारमै रहेर त्यस्तो कार्य गर्नु उचित हुनै सक्दैन । नेकपा माओवादी केन्द्रको समर्थनमा बहुमत पुर्याएर प्रधानमन्त्री बनेका ओली माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कसैले भनिरहनुपर्ने कुरा नै भएन । तर संसदमा अविश्वासको प्रस्तावमाथि छलफल नै गर्न नदिएर अवरोध गर्ने एमालेको तयारीले सबैलाई झस्काएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE