Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

संसदीय पद्धतिको फोहोरी खेल सुरु : डा भटृराई

\"baburam\"बर्दिवास, ६ साउन । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको बताएका छन् । आफ्नो दलको साङ्गठनिक कामले महोत्तरीको बर्दिबास पुगेका डा. भट्टराईले आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त हुने गरेको बताए । ‘हाम्रोजस्तो मुलुकमा स्थिर र जनमुखी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने हाम्रो भनाइको औचित्य संविधान घोषणाको नौ महिनामै पुष्टि भयो’ डा भट्टराईले भने । ‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल त भएकै हो’ डा। भट्टराईले अगाडि भने, ‘तर, यसलाई ढाल्न उद्यत् दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन ।’ पछिल्लो पटक देखिएको अविश्वास प्रस्ताव अमुकरअमुक दलको सत्ता चढ्ने भ¥याङ्को रङ्गमञ्चमात्र रहेको डा। भट्टराईको भनाइ छ । मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा. भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गरे । पार्टीका नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा र महेन्द्र पासवानसहित बुधबार राति बर्दिबास पुगेका डा। भट्टराईको आज बर्दिबासमा पार्टी कार्यालयको उद्घाटन गर्ने, बिभिन्न क्षेत्रका ब्यक्ति ब्यक्तित्वसँग भेटवार्ता गर्ने र अपराह्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलका महोत्तरी संयोजक कौशलेन्द्र शर्माले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending