Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नयाँ सरकार निर्माणबारे माओवादी नेता नारायणकाजी श्रेष्ठका ५ सुझाव

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका नेता नारयणकाजी श्र्रेष्ठले नयाँ सरकार निर्माण तथा संसदको सम्भावित मुठभेड रोक्न दलहरुलाई ६ वटा बुँदामा सल्लाहा दिएका छन् । अल्पमतमा परेको ओली सरकारले राजीनामा नदिएर गल्ती गरेको र अविस्वासको प्रस्ताव दर्ता गरिसकेको कांग्रेस/माओवादीले राजिनामा माग्नु गलत हुने उल्लेख गरेका छन् । बुधबार साँझ उनले आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । नेता श्र्रेष्ठले संविधान कार्यान्वयनलागी राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको भन्दै अझैपनि सम्भावना कायम रहेको र मुख्य दलहरुले त्यता ध्यान दिनुपर्ने बताएका छन् ।

हेर्नुहोस् ६ सुझाव-

 
  1. हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले सरकारप्रतिको समर्थन फिर्ता लिई सरकारबाट हट्ने निर्णय गरेपछि प्रम केपी ओलीले सरकार अल्पमतमा परेको तथ्यलाई स्विकार गरी तत्काल राजिनामा दिनुपर्थ्यो। प्रमले त्यो राजनैतिक नैतिकताको पालना गर्नु भएन र गल्ति गर्नुभयो ।
  2. प्रमका बिरुद्ध संसदमा अबिश्वासको प्रस्ताब दर्ता गरिसकेपछि मतदान अगावै प्रस्ताबका पक्षधरहरुले राजिनामाको माग गर्नु पनि गलत हुन्छ ।
  3. अबिश्वास प्रस्ताब लाई स्वाभाबिक लोकतान्त्रिक अभ्यास (यसको राजनैतिक पक्षको बिश्लेषण राख्दै) को रुपमा लिदै प्रकृयागत रुपमा अघि बढ्नु पर्ने मा अन्य बिषयलाई अनाबश्यक रुपमा अगाडी सारेर संसदमा भिडन्त वा अबरोधको स्थिती उत्पन्न गर्नु वा हुनु कसैका लागि पनि उपयुक्त हुँदैन । यस्ता प्राबिधिक बिषयमा अनाबश्यक हठ त्यागेर लचकता प्रदर्शन गर्दै सहमति खोजिनु पर्दछ ।
  4. अबिश्वासको प्रस्ताब द्वारा प्र म हटाउन सकिन्छ तर अर्को सरकार गठन हुन सक्दैन भनेर लोकतान्त्रिक बिश्व लाई हसांउने लाजमर्दो कुरा कसैले नगरौं ।
  5. संबिधान को कुनै धाराको व्याख्या ने का र माओवादी केन्द्र का कानून ब्यबसायीु सबै ले एउटै गर्ने र त्यही धारा को व्याख्या एमाले तथा सत्तारुढ पार्टी समर्थक कानून ब्यबसायीु हरु सबैले त्यसको बिपक्षमा एउटै गर्ने काम भईरहेको छ। यसरी हाम्रो देश आलोचनात्मक चेत बिनाका राजनैतिक वकिलहरुको समाज (बौद्दिक वा शिक्षित भनिने हरु समेत) बन्दै गईरहेको छ। यो सत्य र प्रगतिको लागि बाधक प्रब्रित्ति हो ।
  6. राष्ट्रको आजको आवश्यकता राष्ट्रिय सहमति हो । ने का ले पार्टीगत राजनैतिक स्वार्थ बाट प्रेरित भई यसको बिरोध गरिरहेछ । यो राष्ट्रिय हित र समाधान बिरोधी प्रब्रित्ती हो।तसर्थ अहिले पनि ,कममसेकम संबिधान कृयान्वयन को पहिलो चरणको मुख्य कार्यभार का रुपमा रहेको ३ वटै तहको चुनाव सम्पन्न नगर्दा सम्म,राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ । यसलाई गम्भिरतापुर्बक लिऔं, भिडन्त र द्वन्द होइन  एकता र सहमति को बाटोमा अघि बढ्ने बिकल्प खोजौं । प्रमुख पार्टीहरुले अझै पनि यसमा ध्यान दिएर परिस्थिती सम्हाल्ने कोशीस गरौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending