Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

एमालेले संसद अवरुद्ध गर्ने, तयारीका साथ आउन संसदहरुलाई निर्देशन

\"Uml-Samsadiya-dal\"काठमाडौं, ५ साउन । नेकपा एमालेको संसदीय दलको बैठकबाट भोली साउन ६ गते संसद अवरुद्ध गर्न तयारी सहित आउन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदमा सभामुखले आर्थिक विद्येयकको अतिरिक्त अविस्वासको प्रस्तावमाथि छलफल अघि बढाए संसद अवरुद्ध गरेर प्रतिपक्षी दललाई जवाफ दिने निर्णय गरेको हो । संसदमा संविधानसभाको दोस्रो चुनावपछि पहिलोपटक सत्तापक्षीय दलले संसद अवरुद्ध गर्न लागेको हो । एमालेको बैठकमा सभामुख ओनसरी घर्तिले कार्यसुचिमा चढिसकेको आर्थिक विद्येयकलाई हटाएर पछि दर्ता भएको अविस्वासको प्रस्तावमाथिको छलफल अघि बढाउन लागेको भन्दै सत्तापक्षीय दल नेकपा एमालेले यस्तो तयारी गरेको हो । अविस्वासको प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा अल्पमतमा परेको सरकारले ल्याएका कुनैपनि विद्येयकमाथि छलफल गर्नु संसदीय परम्परा र मर्यादा विपरित हुने भन्दै अविस्वासको प्रस्तावमाथि छलफल हुनपर्ने अडानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छन् । सभामुख घर्तिले बुधबार दिनभरी सहमतिका लागी गरेको प्रयासबाट सहमतिको कुनै परिणाम आएको छैन । यदी सभामुखले अविस्वासको प्रस्ताव अघि बढाएको खण्डमा नेपालमा सत्तापक्षीय दलले सदन अवरुद्ध गरेको अर्को इतिहास रचिनेछ । यसअघि समेत बहुमतको गिरिजा सरकारका विरुद्ध झण्डै ३ महिना संसद अवरुद्ध गरेको इतिहास एमालेसँग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending