Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

राष्ट्रपति भण्डारी र सभामुखबीच भेटवार्ता

\"bidhya_onsari\"काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी ९ब्रिफिङ० गराएकी छिन् । राष्ट्रपति निवास शीतल निवासमा बुधबार राष्ट्रपति भण्डारीलाई सभामुख घर्तीले भेट गरि संसद्को गतिविधिका बारेमा जानकारी गराएकी हुन । नेकपा ९माओवादी केन्द्र०ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । दलका यही अविश्वासको अवस्थालाई पुनः विश्वासमा ल्याउन सभामुख घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिइन ।   “मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।” उनले भनिन । सो अवसरमा राष्ट्रपति भण्डारीले दलको बीचमा संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताउनुभएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिइन । भोलि सदनको बैठक बस्दैछ, दलबीचको अविश्वास हट्ला त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन मैले दलका शीर्ष नेतालाई भेट गर्दा उनीहरुले सहमति कायम गर्ने जानकारी दिएको जवाफ दिइन ।   सभामुख घर्तीले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरेकी थिइन । प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE