Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

सरकार परिवर्तनको खेल देशकै लागि घातक– बिजुक्छे

\"narayanman-bijukchhe-400\"भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन् । बुधबार भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन । विजुक्छेले भने – “आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नु प¥यो भनेर प्रष्ट पार्नु पथ्र्यो ।” नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरेर सरकार सञ्चालन गर्ने नीति समेत देशको लागि उपयुक्त नभएको बताउँदै उनले सरकार सञ्चालनमा आलोपालो गर्ने सहमति हुनुभन्दा पनि देश बनाउने नीतिमा सहमति हुनुपर्ने उनको भनाई थियो । अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानुनी ढङ्गले अगाडि बढ्दा नयाँ सरकार गठन हुन अझै केही समय लाग्ने बताए । सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्तावतर्फ पेस गर्नु दुर्भाग्य भएको औँल्याउँदै बिजुक्छेले बजेट विधेयक पारित नगरी ल्याएको अविश्वास प्रस्तावले देशलाई आर्थिक नाकाबन्दीमा पारेको बताए । उनले भने –“देशमा यस्तो सङ्कट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउनकै लागि भए पनि संसद् विघटनको निर्णय लिनुस् भनेको थिएँ ।” कार्यक्रममा ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमलीले सवारी चालक र मजदुरको अभाव भएकाले व्यवसायलाई समस्या परेको बताउँदै उनले नक्कली सवारी चालक अनुमतिपत्रले समस्या र चुनौती थपेको बताए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केपी अवाल, इँटा व्यवसायी महासङ्घका उपाध्यक्ष एवम् सङ्घका पूर्व अध्यक्ष विश्वराम कवांलगायतले चालकले दुर्घटना गराउने सवारी धनीलाई कारबाही गर्ने प्रवृत्ति गलत भएको बताए । सङ्घका पूर्व अध्यक्ष नवीन प्रजापतिले करिब रु दुई करोड २५ लाखको लागतमा निर्माण हुन लागेको चारतले भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending