Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

पहिरो जोखिममा रहेका महाभारतका १६ घरपरिवारलाई ७ दिनभित्र बस्ती छोड्न निर्देशन

\"TheKingdomOfNepal.com:धनकुटा, ५ साउन । धनकुटा जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिले महाभारत(२ गर्जुवा खोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ । समितिका पदाधिकारीले स्थलगत अनुगमन गरि गर्जुवा खोला किनारका बस्ती अत्यन्तै जोखिममा रहेको भन्दै त्यहाँका घरपरिवारलाई बस्ती छोडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो । गर्जुवा खोलाको किनारमा १६ घरपरिवारको बसोबास छ । वर्षाको मौसममा गर्जुवा खोलाको शिर डुबानबाट वर्षौंदेखि निरन्तर पहिरो गइरहेको छ । पहिरोका कारण गर्जुवाको किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । माथिबाट खसेको पहिरोले बस्ती पुर्ने र खोला बस्तीमा पसेर घर बगाउन थालेपछि स्थानीयसमेत त्रसित छन् । खोलाको बाढीले पछिल्ला केही महिनायता एक दर्जनभन्दा बढी पटक कोशी राजमार्ग अवरुद्धसमेत भइसकेको छ । गर्जुवाको बस्ती जोखिममा छ । त्यही भएर आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको उद्धार समितिका सदस्य सचिव एवम् धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । उनका अनुसार यसअघि वर्षातमा आएको बाढीले गर्जुवा खोलामा रहेका दुईवटा पक्की पुल बगाइसकेको छ । ूबस्तीका अधिकांश घरपरिवारको जग्गा अन्यत्र पनि रहेको बुझिएको छ ।ू दाहाल भन्छन् ूहामीले दिएको समयसिमा भित्र बस्ती खाली हुन्छ ।ू त्यस्तै कोशी राजमार्गअन्तर्गत गर्जुवाको शिर डुबानको बस्ती पनि त्यहाँका स्थानीयलाई गाविस सचिव मार्फत सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन समेत दिएको स्थानीय विकास अधिकारी दाहालले बताए । यसैगरी दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले गर्जुवा किनारमा बाढीले जुनसुकै बेला पनि मानवीय क्षति हुनसक्ने हुँदा बसाइँ सर्न निर्देशन दिएको बताए । उप्रेतीले त्यहाँका स्थानीय अन्यत्रबाट बसाइँ सरि व्यापार गर्न आएका हुँदा उनीहरूको जग्गाजमिन अन्यत्र पनि भएको दावी गरे । ूविकल्प हामीले भन्दापनि त्यहाँका स्थानीयबासी आफैंले खोज्नुपर्छ ।ू प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक उप्रेतीको भनाइ छ । यसैबीच पहिरो र बाढीको उच्च जोखिम भएपनि अन्यत्र बस्ने ठाउँ नभएकाले जोखिम मोलेर बस्नु आफूहरुको बाध्यता रहेको त्यहाँका स्थानीय बासिन्दा बताउँछन् । सरकारले अन्यत्र बस्ने विकल्प नदिएसम्म ठाउँ छोडेर जान नसकिने उनीहरूको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending