Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

टर्कीमा सैनिक ‘कू’ पछि जनता सडकमा : हेर्नुहोस् भिडियो सहित

टर्की, १ साउन । टर्कीमा सैनिक ‘कू’ को प्रयासपछि स्थिति नियन्त्रण बाहिर गएको छ । प्रधानमन्त्री बिनाली यिलडिरिमले एक टेलिभिजन च्यानल एनटिभीमा बोल्दै टर्कीमा भएको ‘कू’ प्रयास नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्रीले सम्बोधन गरेपछि राष्ट्रपति रेसिप तैयिप एर्दोगान विमानस्थलमा देखिएको फुटेज देखाइएको छ । राष्ट्रपति एर्दोगानले पत्रकार सम्मेलन गरी आफूलाई सत्ताच्युत गर्ने प्रयास राष्ट्रद्रोह भएको बताएका छन् । यस्तो प्रयासको ठूलो मुल्य चुकाउनुपर्ने उनले चेतावनी दिएका छन् । सैनिक ‘कू’को प्रयासपछि इस्तानबुलको स्थिति नियन्त्रण बाहिर पुगेको हो । विभिन्न ठाउँमा भएको आक्रमणमा परि १७ प्रहरीसहित ६० जना भन्दा बढीको मृत्यु भएको छ । \"istanbul_celebrations_reuters\"सैनिक ‘कू’को प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा रहेका राष्ट्रपति इस्तानबुल आएका थिए । उनी हिडेको केही समयपछि नै विद्रोहीहरुले उनी बसेको ठाउँमा विस्फोट गराएका थिए । स्थानिय समय अनुसार शुक्रबार राति सुरु भएको ‘कू’ को प्रयास शनिबार बिहानसम्म पनि जारी नै रहेको छ । इस्तानबुल र अंकाराका विभिन्न ठाउँमा भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बीबीसी, सीएनएन, अलजजिरा लगायतका टेलिभिजनहरुले टर्कीको घटनाको प्रत्यक्ष प्रशारण देखाइरहेका छन् । टर्कीका सरकारी अधिकारीहरुले भने ‘कू’ प्रयास विफल भइसकेको दाबी गरेका छन् । अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनको नेतृत्व ‘कू’ को प्रयासमा रहेको राष्ट्रपति एर्दोगान बताएका छन् । टर्कीका अधिकारीहरुका अनुसार बागी सैनिक टुकडीका ७५० भन्दा बढी गिरफ्तार परेका छन् । (एजेन्सी) \"turkey \"Turkey-coup-1\" \"Turkey-coup-2\" \"Turkey-coup-4\" \"Turkey-coup-5\" \"Turkey-coup-8\" \"Turkey-coup-9\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending