Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

चितवनमा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

\"chitwan चितवन, २९ असार । एभरेष्ट क्लब भरतपुरको आयोजनामा चितवनकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पिनसीप कप –२०७३’ हुने भएको छ । साउन १ गतेदेखि १८ गतेसम्म हुने खेलमा कुल २४ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेलुकदमन्त्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन हुने र समापनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री आउने सल्लाहकार सन्तोष पनेरुले बताए । यस प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै खेल जुनियर प्रहरी शिक्षालय भरतपुरमा हुने भएका छन् । गैंडाकोट र गोरखाको हरमटारी बाँकी सबै टिम चितवनकै रहेको आयोजकले जनाएको छ । साउन एक गतेको उद्घाटन खेल गैंडाकोटविरुद्ध जुगेडीबीच हुने आयोजकले जनाएको छ । खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सह–प्रायोजकमा प्रभु हाउजिङ एण्ड प्रोपर्टी डिलर्स प्रालि भरतपुर रहेका छन् । यसलाई प्रतियोगिता चितवनबासीको पहिचानसँग जोडिएकोले यसलाई व्यवस्थित बनाउँदै अघि बढाइने क्लवका सल्लाहकार पनेरुले बताए । उनले आगामी दिनमा यसलाई अझै ठूलो धनराशीको बनाउँदै राष्ट्रिय स्तरको प्रतियोगिताको रुप दिने पनि बताए । यही प्रतियोगितामा समेत विभिन्न क्वलहरुले राष्ट्रियस्तरका खेलाडीहरुलाई भित्र्याउने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending