Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

\"parliament1\"काठमाडौँ, १९ असार । आज व्यवस्थापिका–संसद्को विशेष समयमा सांसद नारायणप्रकाश साउदले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एकमुष्ट रु एक लाख ५० हजारको वितरण छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । सभामुख ओनसरी घर्तीसँग समय लिई उनले कञ्चनपुर, कैलालीलगायत विभिन्न जिल्लामा ४० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाका समस्या समाधानका लागि छुट्टै आयोग गठन गर्न माग गरे । सांसद गणेशसिंह ठगुन्नाले हालैको वर्षात्ले दार्चुला जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढी गएको हुँदा तत्काल खोज, उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र तामाङले हालै ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र जनजाति प्रतिष्ठान खारेज नगर्न माग गरे । सांसद कान्ता भट्टराईले योग शिक्षालाई विद्यालयतहदेखिको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए । स्वदेशमा नै रोजगारीको अवस्था सिर्जना गरी युवा वर्गलाई विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै सांसद गीता रानाले यसका लागि सीपमूलक तालिम सञ्चालन आवश्यक भएको बताए । सांसद अइन्द्रसुन्दर लिम्बूले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा घटेको घटना जग्गा प्लटिङ गर्ने ठेकेदारको लापरबाहीका कारण भएको देखिएकाले ठेकेदारलाई कारबाही गर्न माग गरे । सांसद अनुराधा थापामगरले निजी मेडिकल शिक्षाको गुणस्तरीयताका बारेमा संसदीय छानबिन समिति गठन गर्न र ख्वःप कलेजलाई विश्वविद्यालयका रुपमा विकसित गर्न माग गरे । सांसद जयदेव जोशीले दार्चुलामा हालै गएको पहिरो र बाढीका कारण तीन जनाको मृत्यु भएको भन्दै उनीहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए । सांसद जनकराज जोशीले सदनमा बोलेका कुराले राष्ट्रिय रुपमा चर्चा नपाएकाले व्यवस्थापिका र कार्यपालिकाबीच दोहोरो संवाद हुनुपर्ने बताए । सांसद हरिचरण साहले नीति निर्माण तहमा समानुपातिक र समावेशी सिद्धान्त अपनाउन सरकारको ध्यान जानुपर्ने बातए । सांसद जगदीशनरसिंह केसीले प्रधानमन्त्रीले सदनमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिन्छु भनेर बोलेको कुरा कहिले पूरा हुन्छ ? भन्ने प्रश्न गर्दै प्रमलाई हावादारी कुरा गरेर नहिँड्न सुझाव दिए । सांसद नरबहादुर थापाले हालैको वर्षात्ले बागलुङ जिल्लामा घर भत्केर एक जनाको मृत्यु भएको जानकारी गराउँदै ग्रामीण सडक अवरुद्ध भएकाले यातायात सञ्चालन गर्न माग गरे । सांसद उदयशम्शेर राणा र सुशीला नेपालले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानविनका लागि उच्चस्तरीय समिति गठन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE