Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कुन कुन राष्ट्रिय दैनिक कति संख्यामा छापिन्छन् ? (सूचीसहित)

काठमाडौं, १८ असार । पत्रपत्रिकाहरुको वर्गिकरण गर्दै आएको प्रेस काउन्सिलले यो वर्षदेखि पत्रिकाहरुको छापिएको संख्याको पनि मूल्यांकन शुरु गरेको छ । प्रेस काउन्सिलले आफ्नो आधिकारिक वेवसाइटमार्फत पत्रिकाहरुले पेश गरेका छापिएको संख्या सार्वजनिक गरी सुझाव समेत माग गरेको छ । काउन्सिलले सार्वजनिक गरेको तथ्यांकअनुसार कान्तिपुर दैनिकले सबै भन्दा बढी ३ लाख ३६ हजार ५ सय ६२ प्रति दैनिक छाप्ने गरेको दाबी गरेको छ भने दोस्रो बढी छापिने पत्रिकाको रुपमा नागरिक दैनिक रहेको छ । नागरिकले एक लाख ५६ हजार २९ प्रति दैनिक छाप्ने गरेको विवरण प्रेस काउन्सिललाई उपलब्ध गराएको छ । तर एक मात्र सरकारी पत्रिका गोरखापत्रको छपाइ भने २८ हजार ३ सय ९६ प्रति मात्रै रहेको प्रेस काउन्सिलको विवरणमा उल्लेख छ । काउन्सिलले सार्वजनिक गरेका विवरणअनुसार अन्नपूर्णपोष्टले ८५ हजार ५ सय ८७, नेपाल समाचारपत्रले ५६ हजार ८ सय ४७, राजधानी दैनिकले ४२ हजार २ सय ३२, नयाँ पत्रिकाले ३३ हजार ६ सय ३१, अंग्रेजी दैनिक काठमाडौं पोष्टले ८२ हजार ५ सय ९० र हिमालयन टाइम्सले ६१ हजार ९ सय ८१ प्रति दैनिक छाप्ने गरेको उल्लेख छ । सरकारी पत्रिका भन्दा बढी प्रति छाप्ने अन्य राष्ट्रिय दैनिक रहेका छन् भने दुई वर्षअघि मात्रै प्रशासन प्रारम्भ गरेका पत्रिकाहरुले गोरखापत्र भन्दा बढी पत्रिका छापेको दावी गर्दै काउन्सिललाई विवरण उपलब्ध गराएको छ । भर्खरै प्रकाशन आरम्भ गरेका प्रभाव दैनिकले गोरखापत्र भन्दा बढी ३२ हजार प्रति दैनिक छाप्ने गरेको काउन्सिललाई बुझाएको विवरणमा उल्लेख छ भने कमाण्डर पोष्ट दैनिकले २६ हजार ५ सय प्रति छाप्ने गरेको दाबी गरेको छ । आफू वर्गिकरणमा पर्ने भन्दै ती पत्रिकाहरुले धेरै पत्रिका छापेको दाबी काउन्सिललाई गरेपछि पत्रिका प्रकाशकहरुले नै छापिएको संख्यामा आशंका गरेका छन् । तर प्रेस काउन्सिल नेपालले भने यो विवरण सार्वजनिक भएपछि नेपाली पत्रकारिता क्षेत्रमा रहेको प्रकाशन, आर्थिक पारदर्शिता, विज्ञापन छपाइ तथा सरकारी सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा ब्यवस्थित तुल्याउन मद्दता गर्ने अपेक्षा गरेको छ । प्रेस काउन्सिलले २०७१/७२ को पत्रपत्रिकाहरुको वर्गीकरण प्रयोजनका लागि ९ सय १० वटा पत्रपत्रिकाका प्रकाशकले दाबी गरेका छपाइ संख्यामा उजुरी तथा सुझाव दिनसमेत आग्रह गरेको छ । \"paper
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE