Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा मुठ्ठीदान

\"IMG_4000\"म्याग्दी, १८ असार । ९४ औ अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले वाढी पीडित र दृष्टि विहीनलाई मुठ्ठीदान हस्तान्तरण गरेको छ । गत जेठ २९ गते आएको वाढीबाट पीडित बेनी नगरपालिका ५ डम्मराकी दिलकुमारी खत्री र बेनी नगरपालिका १० तोरीपानीका गोपाल खत्रीलाई मुठ्ठी दान सहयोग गरेको हो । सहकारीले सहकारीका शेयर सदस्यहरुबाट संकलन भएको मु्ठ्ठीदान बाढी, पहिरो, विभिन्न परोपकारी संघ संस्था, अपांगता भएका व्यक्ति लगायतलाई सहयोग गर्दै आएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययनरत गोपाल खत्रीलाई उनको अध्ययन अध्यापनमा सहयोग गर्ने उद्देश्यले नगद पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । त्यसैगरि वाढी पीडित खत्रीलाई १२ पाथी चामल, ६ केजी नुन, ५ केजी दाल, पाँच केजी आलु, ३ केजी तेल लगायतको खाद्य सामाग्री सहयोग गरेको हो । उनीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य लगायतले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै आचार्यले सहकारीले गरेको कार्य प्रशसनीय भएको भन्दै सबै सिको गर्नु पर्ने बताए । सबै घरबाट एक मुठी अन्न संकलन गरेर भोका र खान नपाएकालाई सहयोग गर्न सक्ने हो भने नेपालबाट भोकमरी र गरिवीको न्युनीकरण गर्न सकिने बताए । कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक दिलबहादुर केसी , गैर सरकारी महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल मुठ्ठीदान प्राप्त गर्नेको तर्फबाट गोपाल खत्रीले समेत बोलेका थिए । सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योति लामिछानेको स्वागत र सचिव विष्णु सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE