Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा मुठ्ठीदान

\"IMG_4000\"म्याग्दी, १८ असार । ९४ औ अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले वाढी पीडित र दृष्टि विहीनलाई मुठ्ठीदान हस्तान्तरण गरेको छ । गत जेठ २९ गते आएको वाढीबाट पीडित बेनी नगरपालिका ५ डम्मराकी दिलकुमारी खत्री र बेनी नगरपालिका १० तोरीपानीका गोपाल खत्रीलाई मुठ्ठी दान सहयोग गरेको हो । सहकारीले सहकारीका शेयर सदस्यहरुबाट संकलन भएको मु्ठ्ठीदान बाढी, पहिरो, विभिन्न परोपकारी संघ संस्था, अपांगता भएका व्यक्ति लगायतलाई सहयोग गर्दै आएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययनरत गोपाल खत्रीलाई उनको अध्ययन अध्यापनमा सहयोग गर्ने उद्देश्यले नगद पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । त्यसैगरि वाढी पीडित खत्रीलाई १२ पाथी चामल, ६ केजी नुन, ५ केजी दाल, पाँच केजी आलु, ३ केजी तेल लगायतको खाद्य सामाग्री सहयोग गरेको हो । उनीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य लगायतले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै आचार्यले सहकारीले गरेको कार्य प्रशसनीय भएको भन्दै सबै सिको गर्नु पर्ने बताए । सबै घरबाट एक मुठी अन्न संकलन गरेर भोका र खान नपाएकालाई सहयोग गर्न सक्ने हो भने नेपालबाट भोकमरी र गरिवीको न्युनीकरण गर्न सकिने बताए । कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक दिलबहादुर केसी , गैर सरकारी महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल मुठ्ठीदान प्राप्त गर्नेको तर्फबाट गोपाल खत्रीले समेत बोलेका थिए । सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योति लामिछानेको स्वागत र सचिव विष्णु सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending