Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

माओवादी केन्द्रले साउनभित्रै अाेली नेतृत्वकाे सरकार ढाल्ने

\"cpn काठमााडौं, १८ असार । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार साउनभित्रै ढल्ने भएको छ । एमालेसँग भएका नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने भएको छ । तर त्यसको टुंगो भने अहिले नै लागि नसकेको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले बताए । माओवादी केन्द्रीय कार्यालयको बैठक केही दिनदेखि पटक पटक बस्दै आएको थियो । शनिवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले नयाँ सरकार निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै जिम्मा दिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । कार्यालय बैठकले राष्ट्रिय सरकार निर्माणका लागि एमालेसँग नै कोशिश गर्ने तर प्रयास सफल नभएर राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । नयाँ राष्ट्रिय सहमतिको सरकारका लागि अध्यक्ष प्रचण्डलाई नै पहल लिन जिम्मा दिइएको प्रवक्ता भुसालले बताइन् । एमालेले आफूसँग गरेका नौ बुदेँ सहमति र भद्र सहमति कुनै पनि कार्यान्वयन नभएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल जारी नै राखेको पनि माओवादीका अर्का केन्द्रीय कार्यालय सदस्य मणि थापाले बताए । केन्द्रीय कार्यालय बैठकले पार्टीको आगामी महाधिवेशनको तयारीबारेमा निर्णय गर्न आगामी असार २१ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको छ । प्रदेशको बैठक भने आगामी मंसिर भित्र सम्पन्न गरि सक्ने निर्णय गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् ।  एक हजार ४ सय ९९ महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले आगामी महाधिवेशनबाट भने १ सय ५१ सदस्य केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।  यस्तै, प्रदेश कमिटी ९९ सदस्य र जिल्ला कमिटी ७५ सदस्य बनाउने निर्णय गरिएको प्रवक्ता भुसालले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE