Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

माओवादी केन्द्रले साउनभित्रै अाेली नेतृत्वकाे सरकार ढाल्ने

\"cpn काठमााडौं, १८ असार । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार साउनभित्रै ढल्ने भएको छ । एमालेसँग भएका नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने भएको छ । तर त्यसको टुंगो भने अहिले नै लागि नसकेको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले बताए । माओवादी केन्द्रीय कार्यालयको बैठक केही दिनदेखि पटक पटक बस्दै आएको थियो । शनिवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले नयाँ सरकार निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै जिम्मा दिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । कार्यालय बैठकले राष्ट्रिय सरकार निर्माणका लागि एमालेसँग नै कोशिश गर्ने तर प्रयास सफल नभएर राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । नयाँ राष्ट्रिय सहमतिको सरकारका लागि अध्यक्ष प्रचण्डलाई नै पहल लिन जिम्मा दिइएको प्रवक्ता भुसालले बताइन् । एमालेले आफूसँग गरेका नौ बुदेँ सहमति र भद्र सहमति कुनै पनि कार्यान्वयन नभएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल जारी नै राखेको पनि माओवादीका अर्का केन्द्रीय कार्यालय सदस्य मणि थापाले बताए । केन्द्रीय कार्यालय बैठकले पार्टीको आगामी महाधिवेशनको तयारीबारेमा निर्णय गर्न आगामी असार २१ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको छ । प्रदेशको बैठक भने आगामी मंसिर भित्र सम्पन्न गरि सक्ने निर्णय गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् ।  एक हजार ४ सय ९९ महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले आगामी महाधिवेशनबाट भने १ सय ५१ सदस्य केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।  यस्तै, प्रदेश कमिटी ९९ सदस्य र जिल्ला कमिटी ७५ सदस्य बनाउने निर्णय गरिएको प्रवक्ता भुसालले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending