Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मेलम्ची मात्रै होइन याङ्ग्री र लार्केको पानी पनि काठमाडौं ल्याइने

\"melamchi\"काठमाडौँ, १७ असार । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका याङ्ग्री र लार्केको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन बनाइएको २७ किमी सुरुङबाटै याङ्ग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

२७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट याङ्ग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको काम सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

याङ्ग्री र लार्केको सुरुङ निर्माण भएपछि उपत्यकामा थप ३४ करोड लिटर पानी आउने समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ आइपुग्न जम्मा रु २३ अर्ब खर्च लाग्ने हिसाब निस्किएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

सुरुङको प्रवेश मार्ग निर्माणका लागि सिन्धुपाल्चोकमा ४५ किमी सडक निर्माण र ३० किमी सडकको स्तरोन्नति एवम् सामाजिक उत्थान कार्यक्रमको समेत गरी यो लागत निस्किएको हो । रु एक अर्बको आयोजनाले जग्गा नै किनेको थियो ।

हाल साढे १७ किमी सुरुङ निर्माण भइसकेको छ । पछिल्लो समय सुरुङमा कमजोर चट्टान आएकाले काम केही ढिला भए पनि विसं २०७४ जेठदेखि असारसम्म सम्पन्न गरिसकिने समितिको प्रतिबद्धता छ ।

सुरुङभित्रका काम सम्पन्न गरी विसं २०७४ को दसैँमा पानी धारामा खसालिने गरी तयारी गरिएको उहाँले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE