Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

धुर्मुस सुन्तली फान्डेसनलाई लाई तिलगंगाआँखा प्रतिष्ठानको १५ लाख सहयोग

\"DSC_0083\"काठमाडौं , १२ असार । गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगाआँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागिउक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताए । अष्ट्रेलीयाका बबी हलोवास लगायत थुप्रै शुभचिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्तभएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्षसिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्दपोख्रेल र वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य रहेका छन् भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार छन् । प्रतिष्ठानबाट प्राप्त उक्त सहयोग प्रति आभार व्यक्तगर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालको तर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताएका छन् । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानित लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: