Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

थोरै पढेर जसले विश्व हल्लाइदिए

सफल र अर्बौ रुपैयाँ कमाउन धेरै पढ्नुपर्छ भनिन्छ । तर, संसारमा यस्ता मानिसको पनि जन्म भएको छ जसले थोरै पढेर पनि संसारमा सनसनी फैलाएका छन् । कामप्रति लगाव र निरन्तरताले उनीहरुलाई सफलताको सिंढीमा मात्र पुर्याएको छैन, सफलता र प्रगतिको लागि उनीहरु मार्गदर्शक बनेका छन्– अल्बर्ट आइन्सटाइन, वैज्ञानिक मानव इतिहासकै तीक्ष्ण बुद्धि भएका व्यक्ति मानिन्छ वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई । औपचारिक शिक्षामा निक्कै कमजोर रहेका आइन्सटाइन तीन सयभन्दा बढी विज्ञानसम्बन्धी अनुसन्धानमूलक लेख लेखेका र सापेपक्षतावादको सिद्धान्त प्रतिपादन गेर भौतिकशास्त्रको दुनियाँसित समग्र विज्ञानकै क्षेत्रमा तहल्का मच्चाइदिएका छन् । गणित विषयका ज्ञाता उनी स्कूल पढ्दा गणितमा फेल भइरहन्थे । औपचारिक शिक्षाप्रतिको यस्तै उदासीनताका कारण उनले स्कूले जीवन सिध्याउन सकेनन् । पछि उनले विश्वविद्यालयमा भर्ना हुन सीधै आवेदन दिए । तर, प्रवेश परीक्षा पास गर्न सकेनन् । पछि आफ्नो प्रतिभा देखाएर चर्चाको शिखरमा पुगेपछि उनलाई विश्वविद्यालयले अन्ततः भर्ना लियो र उनले उच्च शिक्षा हासिल गरे । हेनरी फोर्ड, अर्बपति ‘सेल्फ मेड म्यान’को चर्चा गर्दा धेरैले लिने नामा हो अमेरिकी उद्योगी हेनरी फोर्ड । व्यक्तिगत पहलबाटै उनले अमेरिकामा पहिलोपटक अटोमोबाइल उद्योग स्थापना गरे । सोही उद्योगको फोर्ड गाडी अहिले संसारभर चढिन्छ । यो कम्पनीलाई संसारकै ठूलो उद्योगको सूचीमा पनि राखिन्छ । विश्वचर्चित सफलताको शिखरमा पुर्याउने यो कम्पनीका संस्थापक फोर्डको औपचारिक शिक्षा सामान्य मात्रै हो । किसान परिवारका उनले आर्थिक अवस्था कमजोर रहेकै कारण पढ्न पाएनन् । यदाकदा स्कूल पुग्ने गरे पनि उनले आर्थिक अभावकै कारण स्कूल छोड्नुपर्यो । मेसिनप्रति गहिरो रुची राख्ने उनी १७ वर्षको उमेरमा मेकानिक भए । पछि उनले अमेरिकामै पहिलोपटक कार कम्पनी खोलेर आफूलाई अर्बपतिको सूचीमा राख्न सफल भए । विलियम सेक्सपियर, नाटककार साहित्यमा संसारकै विलक्षण प्रतिभाका रुपमा दरिने नाम हो विलियम सेक्सपियर । स्कूलको शिक्षा सामान्यमात्रै पाएका सेक्सपियरले ‘ह्यामलेट’, रोमियो एण्ड जुलियट’, ‘म्याकवेथ’ लगायतका उच्च कोटीका नाटक लेखेर सधैंधा चर्चाका शिखरमा मात्रै छैनन् । उनका कृति संसारभरका स्कूलदेखि विश्वविद्यालयसम्म पढिन्छ । बेलायतको किग्स स्कूलमा भर्ना भए पनि उनले १३ वर्षकै उमेरमा स्कूल छाड्न पुगे । राम्रो शिक्षा नलिएका र विश्वविद्यालयका मुख नै नदेखेका सेक्सपियरलाई इतिहास, दर्शनशास्त्रसहितमा कसरी ज्ञान आर्जन भयो भनी धेरैले आश्चर्य मान्ने गरेका छन् । किनकी त्यतिबेला यस्ता गहन ज्ञानले भरिएका पुस्तक विश्वविद्यालयका पुस्तकालयमा मात्र पाइन्थे । स्टिभ जब्स, एप्पलका सहसंस्थापक थोरै पढेर विश्वमा तहल्का मच्चाउनेको अर्को नाम हो अहिले विश्वभर चर्चित बनेको ब्राण्ड एप्पलका सहसंस्थापक स्टिभ जब्स । थोरै पढेर छोटो समयमा चर्चा कमाउन अमेरिकी उद्योगी विलगेट्स फेसबुकका संस्थापक मार्क जुकरवर्गको नाम पनि बारम्बार लिने गरिन्छ । तर, थोरै पढेर पनि उनले आफूलाई सफल बनाउन पुगे । जब्सले स्टोभ वोन्नियाकको सहकार्यमा पर्सनल कम्युटर विकास गरेका थिए । पछि उनीहरुले आइपड, आइफोन, र आइप्याड विकास गरे । प्रविधिका क्षेत्रमा यत्ति ठूलो उपलब्धी र व्यावासायिक रुपमा सफल बनाउने यिनको पढाई भने त्यत्ति राम्रो थिएन स्कूल सकाएर क्याम्पसमा भर्ना भए पनि महंगो भएकै कारण उनले पढाई छाडिदिए । पछि उनले क्यालीग्राफीमा कक्षा लिए जुन पछि एप्पल उप्पादन डिजाइन गर्न यस्ता सिर्जनात्मक कक्षामा सिकेका कुराले निक्कै फाइदा पुर्यायो । अमिर खान भारतीय अभिनेता भारतीय अभिनेता अमिर खानले पनि औपचारिक शिक्षा खासै हासिल गरेका छैनन् । स्कुल पढ्दादेखि नै उनी पढाईभन्दा खेलकुदमा बढी रुची राख्थे । आइएसम्म जसोतसो पढाई सकाएपछि उनी टेनिस खेलतिर लागे । तर, पछि टेनिसमा सफल खेलाडि बन्ने सोच त्याग्दै ग्ल्यामरको दुनियाँमा प्रवेश गरे । आठ वर्षकै उमेरमा उनले नासिर हुसेनले निर्देशन गरेको गीति फिल्म ‘यादों की बारात’मा काम गरेका थिए । साथै, उनले ‘मदहोसी’ फिल्ममा पनि बालकलाकार भएर काम गरे । अभिनयको आनन्दले उनी पढाईमा लाग्न सकेनन् र बडिउडमा स्थापित भएरै छाडे । (शुक्रबार साप्ताहिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending