Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बेलायतको जनमतसंग्रहको निर्णयले विश्वव्यापी झड्का

\"refrendum\"लन्डन, १० असार । बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली संघमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ । बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के कस्तो पर्ला भन्ने बारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् । युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यसकोे साठीवर्र्षेे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ । यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । स्कटल्याण्डले आफू युरोपेली संघबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसंख्यक नभएपनि ठूलो संख्यका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् ।\"refrendum2\" यसरी युरोपेली संघमा हन नहुने भनी निर्णय गर्ने व्यक्तिको संख्या दश लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो संख्याको रुपमा लिनुपर्ने हुन्छ । बिहीबार भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत नागरिकले उक्त संघमा नरहने पक्षमा मतदान गरिसकेका छन् । भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् । यसरी यो संख्या हेर्ने हो भने दश लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदान पछि अन्ततः बेलायत अब उक्त सङ्घमा नरहने त निश्चित नै भइसकेको छ । जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ भन्छन् इयु विरुद्धको अभियानका नेता निगेल फारेज । उनका अनुसार अब बेलायतका लागि यो ठूलो अबसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ । हामीले यो काम गरिछोडेका छौँ, अन्ततः हामीले जितेका छौँ– युरोपेली सङ्घमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजय जुलुश मनाइरहेका छन् । उनीहरुले बाहिर निश्कियौँ बाहिर निस्कियौँ (वि आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ । यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् । यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुवात मा नै यो बजार कम्तीमा पनि आठ प्रतिशतले घटेको थियो । तर बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनै पनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ । यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौँ स्थानमा बिजय जुलुशहरु निकालिएको छ । जुलुशमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending