Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सद्भावनाका उपाध्यक्ष, माओवादी केन्द्रका केन्द्रीय सदस्य सहित नयाँ शक्तिमा प्रवेश

\"02\"असार ९ काठमाडौं । सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा र माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार साहसहित तीन दर्जनभन्दा धेरै नेता तथा कार्यकताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार आयोजित एक कार्यक्रम मार्फत उनीहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन । यसैगरी एमाओवादी पूर्व भोजपूरा राज्य सचिवालय सदस्य बसन्त नेपाल, माओवादी केन्द्रका रौतहट जिल्ला सदस्यहरु जयप्रकाश साह, चन्द्र भूषण प्रसाद साह, बारा सदस्य होश नारायण यादव, एमाले रौतहट जिल्ला सदस्य रवि मिश्र, नेपाली कांग्रेस रौतहट जिल्ला सदस्य राकेश झालगायत विभिन्न पार्टीका तीन दर्जन नेता कार्यकर्ता पनि नयाँ शक्तिमा प्रवेश गरेका छन् । \"03\" विभिन्न पार्टीका नेता कार्यकर्तालाई नयाँ शक्तिमा स्वागत गर्दै नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईले नयाँ शक्ति दोस्रो, तेस्रो वा चौथो पार्टी बन्नेभन्दा पनि पहिलो पार्टी बनेर समृद्धिको नेतृत्व गर्न गठन भएको बताए । तीन वटै क्लस्टरको एकताबाट राष्ट्रिय एकता कायम गर्दै समृद्धिको नेतृत्व गर्नु नयाँ शक्तिको ध्येय हो,’ भट्टराईले भने । संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको परिमार्जित रुप नभई यो जगैदेखिको एकता भएको बताए । ‘जसरी मन्दिरमा प्रवेश गर्दा जुत्ता फुकालेर प्रवेश गरिन्छ, त्यसैगरी नयाँ शक्तिमा विगतका आग्रह पूर्वाग्रह त्यागेर नयाँ बन्दै समाहित होऔं,’ उनले भने । नयाँ शक्तिमा प्रवेश गर्दै सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद शिवचन्द्र कुश्वाहाले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको भन्दै अब भावी पुस्ताकोलागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको बताए । उनले नयाँ पार्टीमा समाहित भएपछि पुराना आग्रह, पूर्वाग्रह बिर्सिएर जीवनव्यवहार, कार्यशैली र बोलीचालीमा नयाँ बन्न सम्पूर्ण नवप्रवेशीलाई आग्रह गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य किरण कुमार शाहले माओवादीले विगतका आन्दोलनका मुद्दा बिर्सिएर सत्ताकेन्द्रित राजनीतिमा उद्यत रहेको भन्दै मुलुकको नयाँ आवश्यकताको नेतृत्व गर्न नयाँ शक्तिमा समाहित भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE