Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

सरकारी वकिलको कार्यदक्षता वृद्धि गर्न कामु प्रधानन्यायधिस कार्कीको सुझाव

\"susilakarki\"असार ९ धुलिखेल । कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारी वकिलको कार्यदक्षता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘सरकारी वकिलहरुको केन्द्रीय कार्यसमीक्षा तथा अनुशिक्षण’ कार्यक्रमको उद्घाटन समारोहमा उनले परिवर्तित समयअनुसार सरकारी वकिलको कार्यक्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिएकी हुन । विज्ञान र प्रविधिको विकाससँगै अपराधको शैली पनि फेरिएको भन्दै कामु प्रधानन्यायाधीश कार्कीले त्यहीअनुसार वकिलहरुले पनि सूचना र प्रविधिको अध्ययन र प्रयोग बढाउनुपर्ने विचार व्यक्त गरिन । ठोस प्रमाण जुटाउन नसक्दा सरकारी वकिलले सोचेजति उपलब्धि हासिल गर्न नसकेको र न्यायमा सर्वसाधारणको पहुँच अझै पुगिनसकेको सन्दर्भमा सरकारी वकिलको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले सरकारी वकिलले ६२ प्रतिशत मुद्दा हारेको तथ्याङ्क भएको हुँदा कमजोरी पक्षका बारेमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिए । “ मुद्दा हार्नुमा सरकारी वकिल कहाँनेर चुक्यो हेर्न जरुरी छ, ६२ प्रतिशत मुद्दा हार्नु भनेको सफलताको नतिजा हैन” – उनले भने । महान्यायाधिवक्ता हरि फुयाँलले सरकारी मुद्दाहरुले सफलता पाउन नसक्नुको कारणबारे अध्ययन गर्नुपर्ने बताए । राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक केशरीराज पण्डितले न्याय क्षेत्रलाई सामान्य नागरिकसम्म सहज रुपमा पु¥याउन सरकारी वकिलको आवश्यकता अझ बढी रहेको उल्लेख गरे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान गर्ने अधिकारी र सरकारी वकिलबीच घनिष्ट सम्बन्ध पनि ठीक नहुने विचार व्यक्त गरे । सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले सरकारी वकिललाई अध्ययन अनुसन्धानका लागि सधैँ सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानुन व्यवसायीलाई सम्मानको दृष्टिकोणले सबैले हेर्नुपर्नेमा जोड दिँदै स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि बार सधैँ तत्पर रहेको बताए । दुई दिनसम्म चल्ने समीक्षा तथा अनुशिक्षण कार्यक्रममा सरकारी वकिलहरुको वार्षिक कार्यको उपलब्धि, आगामी कार्ययोजना, उपलब्धि तथा कमीकमजोरीबारे समीक्षा गरिने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE