Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

वैद्य माओवादीको निश्कर्ष – संविधानमा आंशिक उपलब्धी

\"cpn_maoist1\"काठमाडौं, ९ असार । नेकपा क्रान्तिकारी माओवादीले नयाँ बनेको संविधानमा आंशिक उपलब्धी भएको जनाएको छ । रामबहादुर थापा ‘बादल’सहितका नेता कार्यकर्ता एकतामा गएपछि भएको राष्ट्रिय भेलाले नयाँ बनेको संविधानमा आंशिक उपलब्धी भएको ठहर गरेको छ । संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका विषयलाई वैद्य माओवादी आंशिक उपलब्धी भनेको छ । संविधान अङ्शतः सकारात्मक रहे पनि समग्रमा प्रतिक्रियावादी नै रहेको भेलाले ठहर गरेको विहीबार बुद्धनगरमा पत्रकार सम्मेलन गरी जानकारी ििदइएको छ । राष्ट्रिय भेलाले राज्यसत्ता, संविधान तथा संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको पनि सो पार्टीले जनाएको छ । अबको निर्वाचन धोका संविधान कार्यान्वयन गर्ने गरी सरकारले ल्याएको निर्वाचन सम्बन्धी कार्ययोजनालाई वैद्य माओवादीले अस्वीकार गरेको छ । राज्यको पुनर्संरचना सम्बन्धी बहसको कुनै टुङ्गो नलागिरहेको अहिलेको संक्रमणकालीन अवस्थामा गर्न खोजिएको निर्वाचन धोका भएको उसले जनाएको छ । क्रान्तिकारी माओवादीको तीन दिनसम्म चलेको राष्ट्रिय भेलाले पश्चगामी संविधान खारेज गरी जनसंविधान बनाइनुपर्ने माग गरेको छ । जनअदालतले गरेको जग्गाका रजिष्ट्रेशन मान्यता दिनुपर्ने नेकपा क्रान्तिकारी माओवादीले जनयुद्धकालमा जनअदालतले गरेको जग्गाको रजिष्ट्रेशनहरुलाई मान्यता दिनुपर्ने माग गरेको छ । यस्तै, जनयुद्धकालीन मुद्दाहरूलाई अदालती कारबाहीमा लैजाने काम पनि अविलम्ब रोक्न वैद्य माओवादीले माग गरेको छ । माओवादी द्वन्द्वकालीन मुद्दालाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत् मेलमिलापको प्रक्रियामा लैजानु पर्ने माग उसले पुनः दोहोर्याएको हो । जनयुद्धकालमा राज्यद्वारा वेपत्ता पारिएका नेता कार्यकर्ताहरुलाई सार्वजनिकीकरण गर्ने प्रतिबद्धता अविलम्ब कार्यान्वयन गर्न पनि वैद्य माओवादीले माग गरेको छ । जलविद्युत परियोजनामा निर्माणमा सेना परिचालन बन्दको माग वैद्य माओवादीले जलविद्युत परियोजनाको नाममा सेना परिचालन गर्ने काम बन्द गर्न माग गरेको छ ठूलो विरोधका बाबजुद गरिएको माथिल्लो कर्णाली र अरुण तेस्रो ‘परियोजना विकास सम्झौता’ (पीडीए) तथा ‘उर्जा व्यापार सम्झौता’ (पीटीए) लाई आधार बनाएर सरकारले सेना परिचालन गरी जबर्जस्ती योजना अघि बढाउने काम गरेको भन्दै बन्द गर्न माग गरेको छ । यस्तै, महाभूकम्पका पीडितहरूको १४ महिना बितिसक्दा पनि कुनै व्यवस्था नगरिएको भन्दै वैद्य माओवादीले सरकारको आलोचना गरेको छ । पीडितको तुरुन्त व्यवस्था गर्न पनि उसले माग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE