Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

प्रचण्डलाई प्रधानमन्त्री बनाउन तत्पर हाेलान् देउवा !

\"deuba-prachanda\"काठमाडौं, ९ असार । नयाँ संविधान कार्यान्वयन गर्ने गरी सरकारले कार्ययोजना अघि सारेपछि फेरि नयाँ सरकार गठनको चर्चा शुरु हुन थालेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट पारित भएपछि तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको नेतृत्व दिने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग भद्र सहमति भएको माओवादीले दाबी गर्दै आएको थियो । प्रधानमन्त्री ओलीले भने कुनै पक्षसँग पनि भद्र सहमति नभएको भन्दै सरकार नछाड्ने अड्डी कसेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि संकटमा छन् । आफ्नै नेतृत्वको सरकारले स्थानीय, प्रदेश र आमचुनाव गर्ने प्रधानमन्त्री ओलीले अड्डी कसे पनि राष्ट्रिय सहमति बनेमा सरकार छाड्नुपर्ने नैतिक दबाब पर्ने माओवादीको बुझाइ छ । सरकारमा रहेको दल एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनलाई नतोडेसम्म ओली सरकारलाई हल्लाउन नसकिने बुझाइ कांग्रेसको छ । ओली–प्रचण्ड गठबन्धन नतोडिए यहि सरकार वर्षौसम्म कायमै रहने भएकाले पनि कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्न प्रचण्डको साथ चाहिरहेको छ । प्रधानमन्त्री ओली जम्बर मान्छे भएकाले ओलीबाट आफ्नोमा नेतृत्व आउनेमा प्रचण्ड विश्वस्त छैनन् । त्यसैले प्रचण्ड पनि सरकारको नेतृत्व हत्याउन अमुक बाटोको खोजीमा छन् । बैशाखको तेस्रो हप्ता प्रचण्ड नेतृत्वमा सरकार बनाउने दिएको काग्रेसको साथलाई लत्याउदै प्रचण्डले ओलीसँग नै गठबन्धन कायम राख्दै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । तर ओलीसँगको सहमति कार्यान्वयन हुने नदेखिएपछि कांग्रेसलाई समेत ल्याएर राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने दाउ प्रचण्डको छ । एमालेसँग नै सहमति गरेपछि प्रचण्डको विश्वास गर्न गाह्रो परेको कांग्रेसलाई प्रचण्डको विश्वास नगरी नहुने बाध्यता परेपछि पुनः राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने कांग्रेस सभापति देउवाले आश्वासन दिएका छन् । तर ओली नेतृत्व स्वीकार नगरिने भएपछि प्रचण्ड आफ्नो अष्टे«लिया भ्रमणसमेत स्थगित गरेर सरकार निर्माणको गोलचक्करमा फसेको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE