Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

माओवादी केन्द्रको केन्द्रीय सदस्यमात्रै १५ सय, पोलिव्यूरो ३ सय र सचिवालय नै सयभन्दा माथिको

\"Maoकाठमाडौ, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकता महाधिवेशन आगामी माघमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महाधिवेशन माघमा गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका निम्ति पार्टी कामको कार्यतालिका र कार्यक्रमबारे पार्टी, जनवर्गीय सङ्गठन (जवस) र मोर्चाको एकता प्रक्रिया साउनभित्रमा सक्ने निर्णय पनि गरेको छ । त्यसैगरी, बैठकले पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण भदौ मसान्तसम्ममा, पार्टीको स्थानीय तहका कमिटीको सम्मेलन असोज मसान्तसम्ममा, जिल्ला सम्मेलन कात्तिक मसान्तसम्ममा, प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्ममा सक्ने र जिल्ला सम्मेलन पूर्वमहाधिवेशनका लागि दस्तावेजको मस्यौदा तयार गरी आन्तरिक छलफलमा जुट्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुषालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले विभागको विभाजनअन्तर्गत सङ्गठन विभाग तथा केन्द्रीय कार्यालय इन्चार्ज रामबहादुर थापा , स्कुल विभाग इन्चार्ज नारायणकाजी श्रेष्ठ, (सदस्य मणि थापा, लेखनाथ न्यौपाने) र आदिवासी जनजाति विभाग इन्चार्ज देव गुरुङ, (सदस्य गोपाल किराती र सुरेश आलेमगर) लाई तोकेको छ ।
बैठकले महाधिवेशन आयोजक समितिको सङ्ख्या एक हजार ४९९, पोलिटब्युरो २९९, सचिवालय ९९ र ३३ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय पनि गरेको छ
त्यसैगरी, प्रचार विभाग इन्चार्ज पम्फा भुसाल, जलस्रोत विभाग इन्चार्ज लीलामणि पोख्रेल, उत्पादन तथा सहकारी र पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगर र अनुशासन विभाग इन्चार्ज अमिक शेरचनलाई तोकिएको छ । बैठकले स्थानीय निकाय पुनःसंरचना समिति संयोजकमा देव गुरुङ, (सदस्यमा वर्षमान पुन, गोपाल किराती, विश्वभक्त दुलाल, उर्मिला अर्याल, हितमान शाक्य, प्रभु साह, गोमा कुँवर र जनक बुढ़ा) रहने निर्णय गरेको छ । मोर्चाको फ्याक्सन इन्चार्जको जिÞम्माअन्तर्गत मजदुर इन्चार्जमा जयपुरी घर्तिमगर, किसान र सुकुम्बासीमा हरिबोल गुजरेल, दलित इन्चार्जमा तिलक परियार, युवामा मणि थापा, विद्यार्थीमा हितमान शाक्य, सांस्कृतिकमा विश्वभक्त दुलाल, प्राध्यापकमा नारायण शर्मा र बुद्धीजीवी इन्चार्जमा दीनानाथ शर्मालाई जिम्मा दिएको छ । त्यस्तै शिक्षक इन्चार्जमा पुष्पविक्रम मल्ल, कर्मचारीमा कृष्णबहादुर महरा, कानुन व्यवसायीमा वर्षमान पुन, सहिद प्रतिष्ठानमा हितराज पाण्डे, स्वास्थ्यकर्मीमा अन्जना विसङ्खे, उद्योग, वाणिज्य र आपूर्तिमा कुलबहादुर केसी, कृषि प्राविधिकमा श्रीराम ढकाल (प्रशान्त) रहेका छन् । पूर्वजनमुक्ति सेना इन्चार्जमा चक्रपाणि खनाल, खेलकुदमा टोपबहादुर रायमाझी, भूपू सैनिकमा सुरेश आलेमगर, मधेसी मोर्चामा मातृका यादव, सेती–महाकाली मुक्तिमोर्चामा लेखराज भट्ट, कर्णाली मुक्तिमोर्चामा कालीबहादुर मल्ल र आदिवासी जनजाति महासङ्घ इन्चार्जमा देव गुरुङ, सहइन्चार्ज गोपाल किराती र सुरेश आलेमगर र पत्रकार सङ्घको इन्चार्जमा पम्फा भुसाल रहेकी छिन् । बैठकले प्रदेश इन्चार्ज तथा संयोजकसमेत जिम्मेवारी तोकेको छ । जसमा प्रदेश नं १ का इन्चार्जमा राम कार्की, प्रदेश २ मा मातृका यादव, प्रदेश नं ३ मा रामबहादुर थापा , प्रदेश नं ४ मा देव गुरुङ, प्रदेश नं ५ मा वर्षमान पुन, प्रदेश नं ६ मा जनार्दन शर्मा, प्रदेश नं ७ मा लेखराज भट्ट, प्रवास प्रदेशमा नारायणकाजी श्रेष्ठ, सदनको इन्चार्जमा कृष्णबहादुर महरा, दलकातर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीलाई दिइएको छ । बैठकले महाधिवेशन आयोजक समितिको सङ्ख्या एक हजार ४९९ बनाउने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले पोलिटब्युरो २९९, सचिवालय ९९ र ३३ सदस्यीय केन्द्रीय कार्यालय बनाउने निर्णय पनि गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE