Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

म्यानपावर व्यवसायीले कुटे सेवाग्राही

\"bairo-baideshik-rojgar\"काठमाडौँ । न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आज आफ्नो चालक प्रयोग गरेर विभागमै पिटेका छन् ।

पीडित कृष्ण कुँवरले उपाध्यक्ष क्षेत्रीको फ्युचर स्टार म्यानपावरबाट साउदी अरब जानका लागि दिएको राहदानी फिर्ता नपाएको भन्दै विभागमा उजुरी दिएका थिए ।

सोही विषयमा विभागका निर्देशक रमा भट्टराईले दुवै पक्षलाई आज बोलाएपछि छलफलका लागि पुगेका कुँवरलाई भनाभनपछि क्षेत्रीको निर्देशनमा चालकले कुटपिट गरेका हुन् ।

आक्रमणबाट घाइते भएका कुँवरको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । कुँवरले न्याय माग्ने ठाउँमै आफूमाथि आक्रमण हुनुलाई गुण्डाराजको सङ्ज्ञा दिए ।

कुटपिटपछि प्रहरीले उपाध्यक्ष क्षेत्रीलाई पक्राउ गरी बानेश्वरस्थित महानगरीय प्रहरीवृत्त लगेको छ । कुँवरले साउदी जान प्रक्रिया सुरु गर्दा रु ७० हजार क्षेत्रीको म्यानपावरलाई दिएकामा साउदीको प्रवेशाज्ञा आएपछि थप रु ५० हजार माग गरेपछि रकम दिन अस्वीकार गरे।

सरकारले घोषणा गरेको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था विपरीत रु ७० हजार दिँदादिँदै थप रकम मागेपछि उनले साउदी जान अस्वीकार गर्दै आफ्नो राहदानी फिर्ताका लागि विभागमा उजुरी दिएका थिए । उजुरी दिएपछि यसअघि पनि क्षेत्रीले कुँवरलाई कुटपिट गरेपछि महानगरीय प्रहरीवृत्त बालाजुमा उजुरी दिएपछि त्यहाँ कुँवरलाई प्रक्रिया सुरु गर्दा दिएको रु ५० हजार भराएर कुरा मिलाइएको थियो ।

राहदानी लिन बाँकी रहेकाले त्यसको पहलका लागि विभागमा उजुरी परेपछि विभागले क्षेत्रीको कारोबार रोक्का गरेको थियो । पक्राउका सम्बन्धमा जानकारी माग्दा वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरीयालाई सम्पर्क गर्दा घटनाबारे अनभिज्ञता प्रकट गर्दै महानगरीय परिसर काठामाडौँमा सोध्न आग्रह गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending