Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

म्यानपावर व्यवसायीले कुटे सेवाग्राही

\"bairo-baideshik-rojgar\"काठमाडौँ । न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आज आफ्नो चालक प्रयोग गरेर विभागमै पिटेका छन् ।

पीडित कृष्ण कुँवरले उपाध्यक्ष क्षेत्रीको फ्युचर स्टार म्यानपावरबाट साउदी अरब जानका लागि दिएको राहदानी फिर्ता नपाएको भन्दै विभागमा उजुरी दिएका थिए ।

सोही विषयमा विभागका निर्देशक रमा भट्टराईले दुवै पक्षलाई आज बोलाएपछि छलफलका लागि पुगेका कुँवरलाई भनाभनपछि क्षेत्रीको निर्देशनमा चालकले कुटपिट गरेका हुन् ।

आक्रमणबाट घाइते भएका कुँवरको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । कुँवरले न्याय माग्ने ठाउँमै आफूमाथि आक्रमण हुनुलाई गुण्डाराजको सङ्ज्ञा दिए ।

कुटपिटपछि प्रहरीले उपाध्यक्ष क्षेत्रीलाई पक्राउ गरी बानेश्वरस्थित महानगरीय प्रहरीवृत्त लगेको छ । कुँवरले साउदी जान प्रक्रिया सुरु गर्दा रु ७० हजार क्षेत्रीको म्यानपावरलाई दिएकामा साउदीको प्रवेशाज्ञा आएपछि थप रु ५० हजार माग गरेपछि रकम दिन अस्वीकार गरे।

सरकारले घोषणा गरेको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था विपरीत रु ७० हजार दिँदादिँदै थप रकम मागेपछि उनले साउदी जान अस्वीकार गर्दै आफ्नो राहदानी फिर्ताका लागि विभागमा उजुरी दिएका थिए । उजुरी दिएपछि यसअघि पनि क्षेत्रीले कुँवरलाई कुटपिट गरेपछि महानगरीय प्रहरीवृत्त बालाजुमा उजुरी दिएपछि त्यहाँ कुँवरलाई प्रक्रिया सुरु गर्दा दिएको रु ५० हजार भराएर कुरा मिलाइएको थियो ।

राहदानी लिन बाँकी रहेकाले त्यसको पहलका लागि विभागमा उजुरी परेपछि विभागले क्षेत्रीको कारोबार रोक्का गरेको थियो । पक्राउका सम्बन्धमा जानकारी माग्दा वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरीयालाई सम्पर्क गर्दा घटनाबारे अनभिज्ञता प्रकट गर्दै महानगरीय परिसर काठामाडौँमा सोध्न आग्रह गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE