Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता हुदैं

\"karate\"रुकुम । मध्यपश्चिममै पहिलो पटक रुकुममा “अन्तर्राष्ट्रिय कराते तथा किक वक्सिङ च्याम्पिएनसिप २०७३” हुनेभएको छ । आगामी असार १८–२१ गते सम्म रुकुम सदरमुकाम खलंगाको बराहटाकुरा टुडिखेलको सेमि कवर्डहलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगीता हुन लागेको हो । नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमको आयोजनामा हुन लागेको प्रतियोगीतामा नेपालका २० बढी जिल्ला र भारतका गरी करिब डेड सय खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष मानवहादुर चदाराले जानकारी दिए । उनका अनुशार भारतबाट १० जना खेलाडीहरुले सहभागीता जनाउँने छन् । प्रतियोगीतामा सहभागीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । जिल्लामा बेला बेलामा भलिबल, फुटबल लगाएतका खेलकुद प्रतियोगीताहरु संचानल हुने गरेपनि ठुलो प्रयासपछि मध्यपश्चिममै पहिलो पटक रुकुममा कराते तथा किक वक्सिङ प्रतियोगीता आयोजना गरिएको चदाराले बताए । अहिले प्रतियोगीताको तयारी स्वरुप रिङ व्यवस्थापन, प्रचार प्रसार, आर्थीक सहयोग संकलन लगाएतका काम भैरहेको आज सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । रुकुमलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ । यस खेलका बारेमा जिल्लामा सबैलाई जानकारी नभएको अवस्थामा यसबारेमा जानकारी गराउन र जिल्लाको पर्यटन विकासमा पनि प्रतियोगीता महत्वपुर्ण सावित हुने अध्यक्ष चदाराको भनाई छ । पछिल्लो समय जिल्लामा कराते र किक वक्सिङका खेलाडीहरु राम्रै उत्पादन भैरहेका छन् । जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाईसकेका छन् । गत वर्षको पुषमा भारतमा भएको कराते प्रतियोगीतामा रुकुमबाट सहभागी २ खेलाडीले गोल्ड मेडल र १ जनाले रजत पदक हात पारेका थिए । त्यस्तै भोलीबाट काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगीतामा पनि जिल्लाबाट २ खेलाडीले सहभागीता जनाउन लागेको नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमका अध्यक्ष चदाराले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending