Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मध्यपश्चिममै पहिलो पटक रुकुममा अन्तराष्ट्रिय कराते र किक वक्सिङ प्रतियोगीता हुदैं

\"karate\"रुकुम । मध्यपश्चिममै पहिलो पटक रुकुममा “अन्तर्राष्ट्रिय कराते तथा किक वक्सिङ च्याम्पिएनसिप २०७३” हुनेभएको छ । आगामी असार १८–२१ गते सम्म रुकुम सदरमुकाम खलंगाको बराहटाकुरा टुडिखेलको सेमि कवर्डहलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगीता हुन लागेको हो । नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमको आयोजनामा हुन लागेको प्रतियोगीतामा नेपालका २० बढी जिल्ला र भारतका गरी करिब डेड सय खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष मानवहादुर चदाराले जानकारी दिए । उनका अनुशार भारतबाट १० जना खेलाडीहरुले सहभागीता जनाउँने छन् । प्रतियोगीतामा सहभागीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । जिल्लामा बेला बेलामा भलिबल, फुटबल लगाएतका खेलकुद प्रतियोगीताहरु संचानल हुने गरेपनि ठुलो प्रयासपछि मध्यपश्चिममै पहिलो पटक रुकुममा कराते तथा किक वक्सिङ प्रतियोगीता आयोजना गरिएको चदाराले बताए । अहिले प्रतियोगीताको तयारी स्वरुप रिङ व्यवस्थापन, प्रचार प्रसार, आर्थीक सहयोग संकलन लगाएतका काम भैरहेको आज सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ । रुकुमलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ । यस खेलका बारेमा जिल्लामा सबैलाई जानकारी नभएको अवस्थामा यसबारेमा जानकारी गराउन र जिल्लाको पर्यटन विकासमा पनि प्रतियोगीता महत्वपुर्ण सावित हुने अध्यक्ष चदाराको भनाई छ । पछिल्लो समय जिल्लामा कराते र किक वक्सिङका खेलाडीहरु राम्रै उत्पादन भैरहेका छन् । जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाईसकेका छन् । गत वर्षको पुषमा भारतमा भएको कराते प्रतियोगीतामा रुकुमबाट सहभागी २ खेलाडीले गोल्ड मेडल र १ जनाले रजत पदक हात पारेका थिए । त्यस्तै भोलीबाट काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगीतामा पनि जिल्लाबाट २ खेलाडीले सहभागीता जनाउन लागेको नेपाल क्योकुशिन बुदोकाई कराते संघ रुकुमका अध्यक्ष चदाराले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending