Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

लुटियो क्षेत्रीका परिवारको खुसी,विदेशीएको ११ दिनमै आइपुग्यो लास

\"Capture\"पर्वत । प्रसस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो । ‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका दुई युवाको परिवारमा । बाबु घरबाट जान दिन फर्केर आउने बेला छोराछोरीले राखेका माग पनि आशमै हराए, श्रीमतीको सिउँदो पुछियो, घरपरिवार, आफन्त र सिङ्गो गाउँलाई नै शोकाकुल बनाएर संसारबाट बिदा भए दुई प्रवासी युवा । प्रसङ्ग हो काबुल घटनाको । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गयो । ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौँ गोङ्गबु बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री र पर्वतकै कार्कीनेटा गाविस–६ का नवीनबहादुर क्षेत्रीको परिवार र गाउँ अहिले शोकमा डुबेको छ । कुश्मा नगरपालिका–२ पाङका विदुर परिवारसहित काठमाडौँमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए । परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन् । स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीका अनुसार उनका दुई छोरा र श्रीमती काठमाडौँको गोङ्गबुमा बस्दै आएका छन् । उनको जन्म गाउँ पर्वतको कुश्मा नगरपालिका–२ पाङको गाउँ भने उनको मृत्युको खबरले शोकमा डुबेको छ । आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो । यता नवीन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुबेको छ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकाश प्राप्त भएपछि २०६५ सालदेखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए । कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको क्षेत्रीका दाइ ९मामा छोरा० कमल खत्रीले जानकारी दिनुभयो । लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि मनग्गे आम्दानी नभएपछि घरपरिवार, छोरीको विवाहदान राम्रोसँग गरौला भन्ने सपना बोकेर उनी विदेशिएका थिए । उनको मृत्युपछि घरपरिवार भावविह्वल बनेको छ । उनी गत जेठ ८ मा गाउँमै आएर पूजा लगाएर अब एकपटक अफगानिस्तान जाने त्यसपछि नजाने बताएका थिए । अफगानिस्तान असुरक्षित छ कति बेला के हुन्छ थाहा छैन त्यसैले धेरै समय त्यहाँ बस्नु उचित छैन भनेको स्थानीयवासी विश्वराज शर्माले स्मरण गर्दै भन्नुभयो, “अब ऊ कहिल्यै नफर्किने भयो ।” समाजमा निकै सरल, मिठो बोली भएका उनी परिवारका माइला छोरा हुन् । उनका बाबुको विगत दुई वर्षअघि मात्रै निधन भएको थियो । अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छिन् । अहिले उनका चार दाजुभाइ र परिवार उनको शवको प्रतिक्षामा राजधानीमा गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE