त्यही बेला उनले नबिराई पढे मूल्याङ्कन,नवयुवा, जनादेश र जनएकता । राजनैतिक पार्टीका नेताहरुको आँखामा मदनको बाल क्लब प¥यो ।२०५७ सालमा राजु खड्काले आफ्नो बुवाको कृयाकर्म नगर्ने भएपछि महोत्तरी जिल्लामा ठूलो सांस्कृतिक प्रश्न उठ्यो । उक्त प्र्रश्नको समाधान गर्न काठमाडौंबाट खगेन्द्र संग्रौलादेखि, निनु चापागाईं, आहुति, श्याम श्रेष्ठसम्म महोत्तरी पुगे । त्यही नजिकबाट अग्रज सांस्कृतिककर्मीहरुसँग मदनले छलफल गर्ने अवसर आए । त्यहीबाट उनी नजिक भए श्याम श्रेष्ठसँग । २०५७ सालमा एसएलसी सकेपछि मदन श्याम श्रेष्ठको ठेगाना खोज्दै काठमाडौंतिर हुइँकिए । निषाको राजनैतिक सुरुवात मदनको कुरा सुन्दै निषा बसेर मुस्कुराउँदै थिइन् । मदन बोल्दै गर्दा निषाले थपिन्–बडो अनौठो मेल भयो हाम्रो जीवनमा । निषाको मूल घर सिराहाको निपनिया । स्कुलको धुलेमाटो गोलबजारमा बिताइन् । छिटीमा तरकारी बोकेरै बिताइन् स्कुले जीवन । स्कुलबाट थाकेर घर आउँदा भेट्थिन् एकता केन्द्रका नेताहरु । तत्कालीन एकता केन्द्रका भूमिगत नेताहरु नाराणयकाजी श्रेष्ठ ‘प्रकाश’, गिरीराजमणि पोखरेल, लिलामणि पोखरेल, आहुतिसम्मको पूर्वी सेल्टर थियो उनकोे घर । उनीहरु रातरातभर क्रान्ति र संघर्षबारे कुराकानी गरेर बस्ने गरेको निषा सम्झिन्छिन् । उनी भन्छिन्, ‘भूमिगत नेताहरुको पूर्वको स्टेशन थियो हाम्रो घर । उहाँहरु रातरात भर बैचारिक छलफल गरेर बस्नु हुन्थ्यो ।’
श्याम श्रेष्ठको पुस्तकालय मदनहरुकालागि महाविद्यालय बनिदियो । माक्र्सदेखि लेनिनहुँदै माओसम्मका सम्पूर्ण पुस्तकहरु पढे ।प्रकाशको खोजीमा मदन एकदिन मदनको दैनिकीमा नसोचेको फेरबदल आयो । कतैबाट मदनले फेला पारे भूमिगत नेता नारायणकाजी श्रेष्ठ प्रकाशद्वारा लिखित पुस्तक । उक्त पुस्तकले मदनमा ठूलो बेचैनी थपिथियो । श्याम श्रेष्ठले कहिल्यै उच्चारण नगरेका कुराहरु प्रकाशको पुस्तकमा फेला पारे । प्रकाशको आलोचना गर्ने श्याम श्रेष्ठ त्यसबेला नाजवाफ भए, जतिबेला प्रकाशको पुस्तक पढेर आफूलाई आफ्नै शिष्यहरुले प्रश्न गर्न थाले । अन्तिममा मदन श्याम श्रेष्ठको बाटोबाट लक्ष्यमा पुगिन्न भन्ने निष्कर्षमा पुगे । त्यसपछि श्याम श्रेष्ठसँग सम्बन्ध विच्छेद गरी मदन निस्किए नारायणकाजीको ठेगाना खाज्दै । प्रकाशको खोजीमा निषा निषा बिराटनगर पुगिन् । परिवारसँग विद्रोह त गरिन् तर बाँकी थियो चुनौतीका अग्ला अग्ला हिमचुलीहरु । राजनीतिद्वारा मधेसी नारीहरुलाई घुम्टोबाट मुक्त गर्ने सपनाले निषालाई पछ्याउन छाडेन । विस्तारै पाठ्यक्रमकापुस्तकहरु झर्कोलाग्न थाल्यो । सामाजिक अन्तरविरोधका झिल्काहरु र समाधान गर्ने सूत्र पुस्तकमा नभेटिएपछि पढ्दै गरेको किताव बन्द गरेर निषा लागिन् नारायणकाजीको ठेगाना खोज्दै । यी दुई यात्रीहरु फरक फरक स्थानबाट एउटै गन्तव्यका लागि निस्के । तर भेट एउटा ठूलो घटनापछि मात्र भयो । जहाँ एकछिन मात्रै मदन ढिला भएको भए निषा आज मदनकी जीवनसाथी हुने थिइनन् । त्यो दिनको प्रसंग उठेपछि निषामा लज्जाबोध देखियो । [caption id=\"attachment_79226\" align=\"alignleft\" width=\"750\"]
जब निषा सास फेर्न नसकी ढल्नै लागेकी थिइन्, तिनै मदन जसले निषाको जीवन दिए । मदनले निषाको मुखबाट रबर झिकिदिए । निषाले बल्ल सास फेरिन् ।निषाले त्यो घटना सुनाउँदा मदन चुपचाप बसिरहेको थियो । उनको मौनताभंग गर्दै निषाको बारेमा लेखिएको कुनै कविता भए सुनाउन आग्रह गरेँ । उनको कविता यस्तो थियोः मेरी असल मित्र उनी उठ्छिन सबेरै र नियाल्छिन् आफूलाई उनी जान्छिन् बस्तीमा र सुमसुम्याउछिन् घाउहरु उनी छाम्छिन् विभेदलाई र सल्काउँछिन् राँकोहरु हो तिनै उनी हुनसक्छिन् मेरो असल मित्र कोर्दै सूर्योदयको रक्तिम चित्र उनी कहिले समाउछिन् कलम र लेख्छिन् समानताको गीत उनी कहिले उठाउँछिन् मुठ्ठी र खोज्छिन् स्वतन्त्रताको जीत कहिले चुपचाप एकान्तमा उनी लगाउँछिन् मानवतासँग प्रित हो तिनै उनी जो बसेको छ हृदयभित्र हुन सक्छिन् मेरो असल मित्र उनलाई न लगाउनु छ चुराधागो न सिंगारिनु छ आडम्बरले अस्विकार्य छ दासत्व जिउन खोज्छी सादापनले सुन्दरताको परिभाषा उनी खोज्छिन् आफैभित्र हो उनी हुन् मेरो असल मित्र वर्षौदेखि कोरेको एउटा धुमिल चित्र मदन यस्तै यस्तै कविता कोर्दै पूर्वी नेपालको पहाडी इलाकाहरुमा विद्यार्थी राजनीतिको झन्डा बोकेर हिँडिरहे । निषा मदनसँगको अनौठो संयोग मनमा बोकेर मधेसी महिलाहरुलाई घुम्टोभित्रबाट मुक्त गर्न लागिरहिन् । समयक्रमसँगै निषा र मदनको बीचसाथित्वको सम्बन्धले सिमा नाघ्यो । दुवैजनाको मनमा प्रेम अंकुराउन थाल्यो । पहाडीमूलका उच्च ब्राम्मणकुलको छोरा र एउटी मधेसीकी छोरीबीचअन्ततः प्रेम सम्बन्ध बस्यो । २०६७ असारमा मधेस आन्दोलन चर्किरहेकैबेला उनीहरुले जनकपुरमा विवाह गरे । भावनाले जोडिदियो मधेस र पहाडको सम्बन्ध । रंगको आधारमा नराम्रो ठान्ने पहाडिया आँखालाई मदनले चुनौति दिए । दहेज प्रथाको कहाली लाग्दो सांस्कृतिक प्रचलनलाई चुनौति दिइन् निषाले । एउटा फूलको मालामा सम्पन्न भयो विवाह ।
निषाजीको छठमा तपाईको भूमिका के हुन्छ ? मेरो प्रश्नलाई मदनले सहज उत्तर दिए ।सांस्कृतिक जटिलताबीच उनीहरुको यात्रा दुई भिन्न सस्कृतिको मेल त भयो । अब के कस्ता अप्ठेराहरु झेले होलान् यी जोडीले ? जोडीको अघि जिज्ञासा सुम्पिएँ । उनीहरु कम्युनिस्ट विचारमा प्रतिवद्ध रहेका कारण विवाह पूर्व धर्म, संस्कृति र चाडपर्व भन्दामाथि थिए । तर जब व्यवहारिक जटिलताका दिनहरु सुरुभए त्यसपछि उनीहरुले केही सम्झौता र संघर्षहरु गर्नु प¥यो । निषाको आक्रोश–नेताहरुमै सांस्कृतिक विचलन [caption id=\"attachment_79228\" align=\"alignleft\" width=\"450\"]
प्रतिकृया लेख्नुहोस्: