Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

यी हुन् सबैभन्दा धेरै ठग्ने नेपालका म्यानपावर कम्पनी (उजुरी संख्यासहित)

काठमाडौं । म्यानपावर कम्पनि भन्दाबित्तिकै मानिसको दिमागमा झट्ट आइहाल्छ विदेश पठाउँदा मान्छे ठग्ने अफिस भनेर । म्यानपावर कम्पनिहरुलाई त आजभोलि कतिपयले मानव तस्करी गर्ने कार्यालय भनेर संज्ञा पनि दिने गरेका छन् । तर, सबै म्यानपावर उस्तै हुँदैनन् । कतिपयले इमान्दारीपूर्वक र बदनामी नकमाइकन आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

\"Office\"आज भने हामीले तपाईंलाई वैदेशिक रोजगार विभागमा पीडितहरुले दिएको उजुरीका आधारमा सबैभन्दा बढी मान्छे ठग्ने म्यानपावरबारे जानकारी दिँदैछौं ।

वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी आरए एण्ड आर जब ट्र्याकर नामक म्यानपावर विरुद्ध परेको छ । यसको कार्यालय महाराजगञ्जमा छ । वैदेशिक रोजगार विभागका अनुसार ०६४ साउनपछिको अवधिमा सो म्यानपावर विरुद्ध एकसय १५ वटा ठगीको उजुरी परेका छन् ।

त्यसैगरी, धेरै ठग्ने म्यानपावरको सूचीमा गौशालास्थित द रिभर ओभरसिज परेको छ । यस म्यानपावरविरुद्ध १०४ वटा उजुरी परेका छन् ।

त्यसैगरी ठगी सूचीको तेस्रो स्थानमा परेको छ बखुन्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्राइभेट लिमिटेड । यसविरुद्ध २०६४ सालयता पीडितहरुले १०३ वटा उजुरी दिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी भेरी कर्णाली इन्टरनेसनल प्राइभेट लिमिटेडविरुद्ध ७५, मोन्टेज ओभरसिजविरुद्ध ६४, सिग्मा इन्टरनेसनलविरुद्ध ६३ र क्याराभान इम्प्लोइमेन्ट सर्भिसविरुद्ध ६१ वटा उजुरी परेका छन् ।

५० भन्दा बढी उजुरी पर्ने म्यानपावरहरुको संख्या ७ छ । युनिभर्सल इन्टरनेसनलविरुद्ध ५९, एनसिएफ इम्प्लोइमेन्ट सर्भिसविरुद्ध ५७, ट्रस्ट नेपाल ओभरसिजविरुद्ध ५६, सिद्धार्थ गौतम ओभरसिज सर्भिसविरुद्ध ५४, ग्रिन स्टार ओभरसिजविरुद्ध ५१, कपिल म्यानपावरविरुद्ध ५१ र क्यापिटल रिक्रुमेन्ट सर्भिसविरुद्ध ५० वटा उजुरी परेका छन् ।

यसैगरी एक्का ओभरसिज इम्प्लोइमेन्ट कन्सल्टेन्टविरुद्ध ४९, मिथिला म्यानपावर सर्भिस विरुद्ध ४८, आरक्षण इन्टरनेसनल विरुद्ध ४८, भण्डारी ओभरसिज विरुद्ध ४५, शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेज विरुद्ध ४५, आर के म्यानपावर ग्रुप विरुद्ध ४४, पाथिभरा ओभरसिज विरुद्ध ४४ र लाइफ इन्टरनेसनल ओभरसिज विरुद्ध ४२ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

निल्को इन्टरनेसनल, युनिभर्सल इन्टरनेसनल, सि लिन्क ओभरसिज, निल्को, देवान, आरक्षण युनाइटेड एचआर, गोर्खाज एसोसिएट्स, शिखर र जब वर्ल्ड विरुद्ध पनि पीडितहरुले उजुरी दिएका छन् ।

यस्तै मिलिनियम, ट्रस्ट नेपाल, ह्वाइट पर्ल, मा पद्मा प्लेसमेन्ट, अल जफर, दिप गेटवे, आयुस, मोन्टेज, इन्नोभेटिभ म्यानपावरविरुद्ध पनि उजुरी परेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending