Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजसंस्था र हिन्दु धर्मको अभियानमा लेखक समाज !

\"writer\"काठमाडौं । लेखक तथा बुद्धिजिवीहरुले नै नेपालमा राजनीतिक परिवर्ततका पक्षमा बेलाबेलामा वकालत गर्ने गरेका छन् । तर त्यहि समाज बेलाबेलामा यूटर्न भइदिँदा आश्चार्यको विषय भइदिन्छ । राजनीतिक परिवर्तनकाबेला परिवर्तनका पक्षमा आवाज उठाउने गरेको तथा संघीयताका पक्षमा वकालत गर्ने लेखक समाजका बुद्धिजीवीहरु भने अहिले परिवर्तनको विरुद्धमा बहस थालेका छन् । राजसंस्था र हिन्दु धर्मको चर्को आलोचक मानिने डा. केवी रोकाया अहिले राजसंस्था र हिन्दु धर्मको पक्षमा खुलेर लागेका छन् । शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दू धर्मले नेपाललाई बचाएर राखेको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले बताएका थिए । पत्रकार तथा लेखक समाजका सल्लाहकारसमेत रहेका रोकाया एक समय राजसंस्था र हिन्दु धर्मका कट्टर विरोधी थिए । मुलुकको वर्तमान अवस्थाबारे छलफल गर्न भन्दै सम्पादकहरुलाई दिएको जाँडपार्टीमा रोकायाले खुलेरै शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दू धर्मको पक्षमा वकालत गरे । शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दू धर्मले नेपाललाई बचाएर राखेको उनको धारणा थियो । उनले धर्मनिरपेक्षता हुन नहुने बताए । धर्म निरपेक्ष रहँदा नैतिक मूल्य र मान्यतामा ह्रास आउँने र धर्म नै नमान्ने हो भने भविष्यमा विकृति आउने बताइरहँदा कम्युनिष्ट इतिहासमा विद्यावारिधी गरेका अर्का प्राडा सुरेन्द्र केसी साक्षी किनारा बसेका थिए । नेपालमा शाह वंश, नेपाली सेना र हिन्दू धर्मबीच अन्योन्याश्रित सम्बन्ध रहेको दावी गर्दै डा. रोकायाले द्वन्द्वरत एउटा पक्षलाई किनारा पारिंदा शान्ति प्रक्रियाले मूर्त रुप लिन नसकेको समेत दावी गरे । उनले राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर कलम चलाउन समेत पत्रकारहरुलाई सुझाए । समाजका सल्लाहकार समेत रहेका अर्का बुद्धिजीवी केसीले हरेक क्षेत्रमा नेपाली नेपालीबीच विभाजन ल्याउन देशी विदेशी शक्ति सक्रिय रहेको भन्दै बुद्धिजीवी तथा पत्रकारहरु पनि चनाखो रहनुपर्ने अर्ति दिइरहेका थिए । राजसंस्था र हिन्दु धर्मका पक्षमा माहौल बनाउन भन्दै संगठित अभियान थालेका समाजका अध्यक्ष गोरखबहादुर बिसीले पत्रकार र बुद्धिजीवीहरु एक ठाउँमा बसेर मुलुकका जल्दाबल्दा समस्याबारे चिन्तन मनन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: