Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सुर्खेत पुगेर प्रचण्डले भने ‘फटाहको साथले बिग्रिए, अब जनताको साथमा छु’

\"Prachanda\"सुर्खेत । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं. ६ मा माओवादी केन्द्र विजयी भइसकेको घोषणा गरेका छन् । प्रदेश नं. ६ को सुर्खेतमा भएको एकता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो घोषणा गरेका हुन् । भेलामा बोल्दै अभ्यक्ष प्रचण्डले शान्ति प्रकृयामा आइपुग्दासम्म आफू राम्रै भएको भन्दै त्यसपछिका दिनमा अरुको साथले बिग्रिएको बताए । उनले शान्ति प्रकृया पछि काँग्रेस र एमालेका नेताहरुसंग साथ गरेको तर्फ इंगित गर्दै उनीहरुकै साथका कारण बिग्रिएको बताए । उनले काँग्रेस र एमालेका नेताहरुलाई फटाहको संज्ञा दिर्द संयोजक दाहालले तीनै फटाहको साथले आफू पनि बिग्रिएको बताए । अहिले आफूले सबै कुराको महसुस गरिसकेको भन्दै फटाहको साथ नगर्ने बताए । अब आफूले फटाहको साथ छोडेर जनतासंग साथ गर्ने बताए । ‘‘सुरुमा जनतासंग साथ गरियो, पार्टी राम्रो थियो, म राम्रै थिए,’ उनले भने–‘बीचमा शान्ति प्रकृया पछि फटाहहरुसंग साथ भयो, उनीहरुको साथले बिग्रिए, अब म फटाहसंग होइन अब फेरि जनतासंग साथ गर्छु ।’’ कार्यक्रममा संयोजक दाहालले अब आफू जनता माझ जान थालेकोले भन्दै पार्टी एक नम्बर बनाएरै छोड्ने बताए । उनले आफू जनतामाझ आएकोले कार्यकर्ताहरुलाई पार्टी निर्माण अभियानमा जुट्न आग्रह गरे । उनले आफूले नै तीन÷चारवटा गाविसलाई हेर्ने भन्दै सबै नेताहरु गाउँगाउँमा जानुपर्ने बताए । अहिले आयोजक समिति बनाउँदा पार्टी भित्र केही असन्तुष्टीहरु देखिएको भन्दै उनले सबै केन्द्रीय सदस्यहरुलाई गाउँगाउँमा पठाउने बताए । पार्टीको अधिबेशन नहुँदासम्म एक जना केन्द्रीय सदस्यले पार्टी निर्माणका लागि चार÷पाँचवटा गाविसको जिम्मा लिनुपर्ने बताए । ‘‘केही साथीहरु असन्तुष्ट बन्नु भएको छ,’ उनले भने–‘आयोजक समितिका केन्द्रीय सदस्यहरु गाउँमै जाने हो, केन्द्रमा बस्ने होइन,’ अब म पनि केही गाविसको जिम्मा लिएर काम गर्छु ।’’ माओवादी भिन्दै धातुले बनेको र अहिलेको एकताले तरंग फैलिएको भन्दै दाहालले यो एकता विश्वमा नयाँ कम्यूनिष्ट घोषणा पत्र तयार गर्नका लागि गरिएको बताए । अहिले विश्वले चाहेको नयाँ कम्युनिष्ट बिचार निर्माण गर्नका लागि पनि एकता गरिएको भन्दै उनले अब यसको अभ्यास सुरु भइसकेको बताए । एकता भेलामा बोल्दै संयोजक दाहालले आफूहरुले विप्लव र बैद्यलाई पनि एकता प्रकृयामा ल्याउने चाहे पनि त्यो सम्भव नभएको भन्दै कार्यकर्ताहरु उनीहरुको पक्षमा नभएको बताए । दाहालले मोहन बैद्यलाई द्वन्द्ववाद लेख्ने तर प्रयोग नगर्ने, शंकावादको बिरोध गर्ने तर आफै शंकामा फस्ने गरेको आरोप लगाए । यसैबीच अध्यक्ष दाहालले अहिले पार्टी एकता पछि आफूमा उर्जा आएको भन्दै पार्टीलाई एक नम्बर बनाएरै छोड्ने बताए । क्रान्तिकारी कम्युनिष्टहरु जहिले पनि युवा हुने भन्दै अहिले आफूलाई युवा भएको महसुस भइरहेको बताए । यसैबीच शुक्रबार विहान प्रेस सेन्टर सर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले राष्टिय सहमतिको आवश्यकता रहेको बताए थिए । उनले मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यकता रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE