Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुर्खेत पुगेर प्रचण्डले भने ‘फटाहको साथले बिग्रिए, अब जनताको साथमा छु’

\"Prachanda\"सुर्खेत । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं. ६ मा माओवादी केन्द्र विजयी भइसकेको घोषणा गरेका छन् । प्रदेश नं. ६ को सुर्खेतमा भएको एकता भेलालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो घोषणा गरेका हुन् । भेलामा बोल्दै अभ्यक्ष प्रचण्डले शान्ति प्रकृयामा आइपुग्दासम्म आफू राम्रै भएको भन्दै त्यसपछिका दिनमा अरुको साथले बिग्रिएको बताए । उनले शान्ति प्रकृया पछि काँग्रेस र एमालेका नेताहरुसंग साथ गरेको तर्फ इंगित गर्दै उनीहरुकै साथका कारण बिग्रिएको बताए । उनले काँग्रेस र एमालेका नेताहरुलाई फटाहको संज्ञा दिर्द संयोजक दाहालले तीनै फटाहको साथले आफू पनि बिग्रिएको बताए । अहिले आफूले सबै कुराको महसुस गरिसकेको भन्दै फटाहको साथ नगर्ने बताए । अब आफूले फटाहको साथ छोडेर जनतासंग साथ गर्ने बताए । ‘‘सुरुमा जनतासंग साथ गरियो, पार्टी राम्रो थियो, म राम्रै थिए,’ उनले भने–‘बीचमा शान्ति प्रकृया पछि फटाहहरुसंग साथ भयो, उनीहरुको साथले बिग्रिए, अब म फटाहसंग होइन अब फेरि जनतासंग साथ गर्छु ।’’ कार्यक्रममा संयोजक दाहालले अब आफू जनता माझ जान थालेकोले भन्दै पार्टी एक नम्बर बनाएरै छोड्ने बताए । उनले आफू जनतामाझ आएकोले कार्यकर्ताहरुलाई पार्टी निर्माण अभियानमा जुट्न आग्रह गरे । उनले आफूले नै तीन÷चारवटा गाविसलाई हेर्ने भन्दै सबै नेताहरु गाउँगाउँमा जानुपर्ने बताए । अहिले आयोजक समिति बनाउँदा पार्टी भित्र केही असन्तुष्टीहरु देखिएको भन्दै उनले सबै केन्द्रीय सदस्यहरुलाई गाउँगाउँमा पठाउने बताए । पार्टीको अधिबेशन नहुँदासम्म एक जना केन्द्रीय सदस्यले पार्टी निर्माणका लागि चार÷पाँचवटा गाविसको जिम्मा लिनुपर्ने बताए । ‘‘केही साथीहरु असन्तुष्ट बन्नु भएको छ,’ उनले भने–‘आयोजक समितिका केन्द्रीय सदस्यहरु गाउँमै जाने हो, केन्द्रमा बस्ने होइन,’ अब म पनि केही गाविसको जिम्मा लिएर काम गर्छु ।’’ माओवादी भिन्दै धातुले बनेको र अहिलेको एकताले तरंग फैलिएको भन्दै दाहालले यो एकता विश्वमा नयाँ कम्यूनिष्ट घोषणा पत्र तयार गर्नका लागि गरिएको बताए । अहिले विश्वले चाहेको नयाँ कम्युनिष्ट बिचार निर्माण गर्नका लागि पनि एकता गरिएको भन्दै उनले अब यसको अभ्यास सुरु भइसकेको बताए । एकता भेलामा बोल्दै संयोजक दाहालले आफूहरुले विप्लव र बैद्यलाई पनि एकता प्रकृयामा ल्याउने चाहे पनि त्यो सम्भव नभएको भन्दै कार्यकर्ताहरु उनीहरुको पक्षमा नभएको बताए । दाहालले मोहन बैद्यलाई द्वन्द्ववाद लेख्ने तर प्रयोग नगर्ने, शंकावादको बिरोध गर्ने तर आफै शंकामा फस्ने गरेको आरोप लगाए । यसैबीच अध्यक्ष दाहालले अहिले पार्टी एकता पछि आफूमा उर्जा आएको भन्दै पार्टीलाई एक नम्बर बनाएरै छोड्ने बताए । क्रान्तिकारी कम्युनिष्टहरु जहिले पनि युवा हुने भन्दै अहिले आफूलाई युवा भएको महसुस भइरहेको बताए । यसैबीच शुक्रबार विहान प्रेस सेन्टर सर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले राष्टिय सहमतिको आवश्यकता रहेको बताए थिए । उनले मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यकता रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending