Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

इस्लामी चरमपन्थीद्वारा हिन्दु मन्दिरका कर्मचारीको हत्या

\"bangladesh_killing_protest_afp_nocredit\"ढाका । बंगलादेशको एक हिन्दु मन्दिरमा काम गर्ने एक कर्मचारीको इस्लामिक चरमपन्थी विद्रोहीहरुले हत्या गरेका छन् । बङ्गलादेशमा पछिल्लो समयमा अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा बढ्दै गएको छ । हिन्दू धर्मका मठ मन्दिरमा काम गर्ने कर्मचारीलाई फाँसीमा झुण्ड्याएर हत्या भएको प्रहरीले जनाएको छ । ६२ वर्षीय वृद्ध कर्मचारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या भएको हो । उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत्या भएको जनाइएको छ । शुक्रबार बिहानै हिँडाइका लागि निस्किएकाबेला उनको हत्या भएको हो । हत्याको जिम्मेवारी कसैले नलिए पनि इस्लामिक चरमपन्थी विद्रोहीले हत्या गरेको आशंका गरिएको छ । बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ । गत मङ्गलबार मात्रै अर्का एकजना हिन्दू पुजारीको हत्या भएको थियो । प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो । आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उसले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो । त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो । बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ । पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बीहरु परेका छन् । प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ । त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएका पाइएको प्रहरीले पत्ता लगाएको छ । –एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending