Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

११ सदस्यीय प्रतिनिधिमण्डलसहित उपराष्ट्रपति पुन चीन प्रस्थान

\"pasang-china\" काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार चीन प्रस्थान गरेका छन् ।   चीनकाे साताव्यापी भ्रमणमा उनी सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका हुन् । युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन । विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीगण, काठमाडाैंस्थित कूटनीतिक नियोगका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बिदाई गरे । यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मानगारत अर्पण गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो भारत भ्रमण स्थगित भएपछि उपराष्ट्रपति पुनको चीन भ्रमण हुन लागेको हाे । उपराष्ट्रपति पुनसहितको टोली विहान ११ बजे एयर चाइनाको उडानबाट चीनको छेन्दु प्रस्थान गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले बताए । चीन भ्रमणमा गएको टोलीले बेलुका छेन्दुमै डिनरपछि राती सवा ११ जबे युनान प्रान्तको कुन्मिङ जाने कार्यक्रम रहेको छ । आइतबार कुन्मिङमा आयोजना हुने चौथो चीन–दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेलामा उपराष्ट्रपति सहभागी हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् । यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा.हरिशचन्द्र शाह रहेका छन् । उपराष्ट्रपति पुन चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending