Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ओली सरकार बचाउन उपप्रधानमन्त्री थापाको दिल्ली दौडाहा

[caption id=\"attachment_48581\" align=\"alignleft\" width=\"472\"]\"kamal फाइल तस्विर[/caption] काठमाडौं । भारतीय नाकाबन्दीले आक्रान्त पारेकाबेला प्रधानमन्त्री केपी शर्मा ओली गत फागुनको पहिलो साता भारतको पहिलो भ्रमण गरेका थिए । नेपाल–भारत सम्बन्धमा चिसोपना आइरहेकाबेला भारतले रातो कार्पेट बिच्छाइदिएपछि ओली जम्बो टोली लिएर भारत भ्रमणमा गएका थिए । प्रधानमन्त्री ओली भारत भ्रमणमा जान नहुने आम नागरिकको चाहना भएपछि उनी भारतसँग सम्बन्ध सुधार्न भन्दै उनले पहिलो भ्रमण भारतलाई नै बनाएका थिए । भारत भ्रमणबाट फर्किएपछि उनले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफू सफल भएको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीलाई राजकीय सम्मानका साथ स्वागत गरे पनि नेपाल–भारत सम्बन्धमा सुधार आउन सकेन ।
तीन दिनको भारत भ्रमणको क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले ओली सरकारलाई नै निरन्तरता दिन भारतसँग आग्रह गर्ने
आर्थिक वर्ष २०७३/७४ को बजेट ब्यवस्थापिका संसदमा पेश भएपछि सरकार परिवर्तनको चर्चा चलेको छ । बजेट ल्याउनुअघि नै प्रमुख सत्ता साझेदार दल तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीबीच नौ बुँदे सहमति भएको थियो । राजनीतिक ध्रुवीकरण नौ बुँदे सहमतिका साथै बजेट पारित भएपछि एमालेकै समर्थनमा सरकारको नेतृत्वको प्रचण्डलाई हस्तान्तरण गर्ने भद्र सहमति भएको नेकपा माओवादी केन्द्र दाबी गर्दै आएको छ । बजेट नल्याउदै ढल्न लागेको ओली सरकारलाई जीवन दिँदै प्रचण्डले नयाँ आर्थिक वर्षको बजेट ल्याउन दिएका थिए । तर बजेट पारित भएपछि भने सरकार नछाड्ने ओलीले संकेत गरेपछि राजनीतिक ध्रुवीकरण बढेको छ ।   ओलीले कुनै पक्षसँग पनि भद्र सहमति नभएको भन्दै आम चुनाव नभएसम्म आफूले सरकार नछाड्ने बताइरहेका छन् भने सरकारलाई समर्थन गरेको संसदको चौथो ठूलो दल राप्रपा नेपाल पनि प्रचण्डलाई सरकारको नेतृत्व दिन नहुने पक्षमा छन् । कथंकदाचित भद्र सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री नदिए भारतले कांग्रेस–माओवादीलाई एक ठाउँमा ल्याएर आफ्नो सरकार ढाल्ने ओलीको बुझाइ छ । त्यसैले भारतलाई खुशी पार्न केही दिनअघि बसेको स्थायी समिति बैठकका बेला विज्ञप्ति जारी भारत असल मित्र भएको र भूकम्पदेखि अहिलेको सरकारसम्म सहयोग निरन्तर रहेको उल्लेख गरिएको थियो । उच्च तहमा राजनीतिक भेटघाट हुने भारतसँगको सम्बन्ध सुधार्नकै लागि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा शुक्रबार भारत जाँदैछन् । सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन भन्दै भारत जान लागेका उनले उच्च तहमा राजनीतिक भेटघाट गर्ने भएका छन् । तीन दिनको भारत भ्रमणको क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले ओली सरकारलाई नै निरन्तरता दिन भारतसँग आग्रह गर्ने स्रोतको भनाइ छ । भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु नै भएको उल्लेख गर्दै थापाले उच्च राजनतिक भेटघाट गर्ने राप्रपा नेपालका सहप्रवक्ता तथा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाका जनसम्पर्क विज्ञ मोहन श्रेष्ठले बताए । भारतसँग सम्बन्ध बनाएर फर्किएको दाबी गरेका प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए भने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थिए । यस्तै, पहिलो भारत भ्रमण गर्ने तयारी गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणसमेत प्रधानमन्त्री ओलीले स्थगित गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE