Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दोरम्बा हत्याकाण्डका १४ परिवारद्वारा ज्ञानेन्द्र शाहदेखि कमल थापाका विरुद्ध उजुरी

\"doramba_cover\"काठमाडौं । ०६० साल साउन ३२ गते युद्धविरामको समयमा तात्कालिन शाही नेपाली सेनाद्धारा रामेछापको दोरम्बामा मच्चाएको सामुहिक हत्याकाण्डमा मारिएका २२ मध्य १४ परिवारले विहिबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । दाङको हापुरेमा तात्कालिन जनयुद्धरत माओवादी र सरकारका वार्ता टोलीबिच वर्ता चलिरहेको दिन रामेछापको दोरम्बामा माओवादीको एरिया कमिटिको बैठक बसिरहेका निशस्त्र माओवादीबिरुद्ध शाही सेनाले घरेबन्दी गरी गिरफ्तार गरेर सामुहिक हत्या गरेको थियो । तात्कालिन माओवादीका रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङ, अम्बिका दाहाल, प्रदिप दोङ, टेक बहादुर थापा मगर, ठुलोराम लामा, सानुराम लामा, लक्ष्मण मोक्तान, युवराज मोक्तान, लिला मोक्तान, चतुर्मान थामी, संगीता थामी, विष्णुमाया थापा मगर, हर्क घिसिङ, पदम राज गिरी, उमा केसी, श्याम बहादुर तामाङ, रवि चौहान र निशा थामी लगायत २२ जनाले ज्यान गुमाएका थिए । दोरम्बा गाविस वडा नम्बर–२ स्थित युवराज मोक्ताको घरमा बैठक बसिरहेका ३३ जनामध्य ११ जना सेनाको घेराबन्दीबाट भाग्न सफल भएकाले बाँचेको तात्कालिन रामेछाप इन्चार्ज तथा सोही हत्याकाण्डमा मारिएकी अम्बिका दाहालकी श्रीमान हरि दाहाल बताउँछन् । शान्तिवार्ताको समयमा भएको उक्त क्रुर हत्याकाण्डमा बैठक बसिरहेका माओवादी नेता कार्यकर्तालाई समातेर डोरीले हात बाँधी घरभन्दा आधाघण्टा परको डाँडाकटेरी भन्ने जंगलमा पुर्याइ सामुहिक हत्या गरिएको थियो । सोही हत्याकाण्डमा मारिएका आफन्तजनले न्यायका लागी विहिबार आयोगमा उजुरी दर्ता गराएका हुन् । [caption id=\"attachment_77815\" align=\"alignleft\" width=\"819\"]\"doramba_pidit_pariwar\" दोरम्बा हत्याकाण्डमा मारिएका आफन्तका परिवार[/caption] उनीहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सुर्य बहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती धुर्व लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् । द्वान्दकालिन मुद्धाहरु भटाभट ब्यूँताएर माओावादी नेता तथा कार्यकर्तालाई धमाधम मुद्धा लगाउन थालिएपश्चात माओवादी केन्द्र लगायतका माओवादी शक्तिले पनि सामुहिक रुपमा देशभर उजुरी दर्ता गराउन निर्देशन दिएको छ । केही समय अघि कालिकोटको कोटवाडामा मारिएका धादिङका मजदुर परिवारले पनि सामुहिक उजुरी दिएका थिए । यो पनि पढ्नुहोस्
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending