Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

माछाबाट वार्षिक पच्चीस करोड आम्दानी

\"fishबुटवल । रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर वार्षिक रु २५ करोड आम्दानी गरेका छन् । पाँच सय ५० बढी व्यावसायिक माछापालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ । कृषि विकास कार्यालयका अनुसार परम्परागत रुपमा अन्नबाली गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि जिल्लाको दयानगर गाविस माछापालनका लागि देशमै नमुना बनेको छ । करिब ३२ वर्षदेखि माछापालन थालिएको दयानगरमा सात वर्ष अघि अभियानमुखी माछा उत्पादन कार्यक्रम थालिएको हो । दयानगरको १६७ हेक्टर क्षेत्रफलमा एक हजार २०० पोखरी निर्माण गरी माछापालन गरिएको छ । यहाँ रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, बिगहेड कार्प, ग्रास कार्पलगायतका माछाका प्रजाति पालिएको छ । प्रशस्त जलाशय भएको यो क्षेत्रमा छ मेट्रिक टन माछा उत्पादन हुन्छ । माछापालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र सहकारी संस्था खोलेका छन् । एक कट्ठादेखि तीन बिगाहासम्मका पोखरी बनाइएका छन् । प्रतिकट्ठा ३०० माछाका भुरा एकै जातका र ४०० भुरा विभिन्न जातका मिलाएर राख्ने गरिन्छ । भुरा पोखरीमा राखेपछि तीन–चार महिनामै खान योग्य हुन्छन् । भुरा हालेको छ महिनापछि मात्र माछा बिक्री गरिन्छ । कृषि विकास कार्यालय र मत्स्य विकास केन्द्रको समन्वयमा कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेको स्थानीय तथा मत्स्य व्यवसायी सङ्घका अध्यक्ष पुण्यप्रसाद चौधरीले बताए । दयानगर गाविसका विभिन्न १७ वटा कृषक समूहमा आबद्ध भएका ५६० घरधुरीका तीन हजार ३६० जना यस व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएका जलदेवी मत्स्य विकास सहकारी संस्थाका प्रेमबहादुर बस्नेतले जानकारी दिए । यहाँका पोखरीबाट हरेक मौसममा दैनिक १० क्विन्टलसम्म माछा निकासी हुने गरेको र प्रतिघरधुरी मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको छ । गाउँमै दाना उद्योग स्थापना भएको छ । पर्यटकको आगमन बढेपछि यहाँ होमस्टे ९घरवास० र मत्स्यपालन केन्द्र खुलेका छन् । घर घरमा माछापालन हुन थालेपछि दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको छ । अभियानअन्तर्गत पर्यटकलाई माछा पोखरीमा घुमाउने, माछासँग बल्छी खेल्न दिने, माछाका परिकार खुवाउने गरिएको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending