Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मुलुकलाई आत्मनिर्भर बनाउनकालागि कृषि क्षेत्रको आधुनिकिरण गर्नुपर्छ–गजुरेल

\"Haribol-Gajurel\"बागलुङ्ग । कृषि मन्त्री हरिबोल गजुरेलले मुलुकलाई आत्मनिर्भर बनाउनकालागि कृषि क्षेत्रको आधुनिकिरण गर्नुपर्ने बताएका छन् । कृषि विकास मन्त्रालय र जिल्ला कृषि विकास कार्यालय बागलुङको संयुक्त आयोजनामा जिल्लाको सिगाना गाबिसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै उहाले सामाजिक र आर्थिक रुपान्त्रणका लागि कृषिक्षेत्रको बिकास अनिबार्य हुनुपर्नेमा जोड दिए । कृषिक्षेत्रको बिकासका लागि यसपटक अर्थमन्त्रालयद्धारा ठुलो बजेट सार्वजनिक भएको चर्चा गर्दै कृषि मन्त्रि गजुरेलले कृषि योजनालाई सफल बनाउनका लगि सबै सरोकारवाला लगायत आम किसानहरु जीम्मेवार बन्नुपर्नेमा जोड दिए । परम्परागत खेतीलाई अंगाल्दै कृषीको व्यवसायीकरण, आधुनिकिकरण, यान्त्रिकरण गर्दै जानुपर्ने उनको भनाई थियो । नेपालभरीमा २१ वटा पकेट क्षेत्र, एउटा जिल्लामा २ वटा ब्लक गरी नेपालभर १ सय ५० वटा ब्लक एवं ७ प्रदेशमा नै कृषि कार्यक्रम सञ्चालन हुने जानकारी दिए । कृषि पेशालाई सुरक्षित र मर्यादित बनाउनका लागी ६० बर्ष पुरा भएका किसानलाई सुरक्षा भत्ता दिने र ६० बर्ष मुनिका किसानलाई परिचय पत्र तथा आम्दानी एवं क्रियाशिलको आधारमा पेन्सन दिने बिषयमा छलफल भएको बताए । कृषि क्षेत्रलाई आधुनिकिकरण गरेपछि विस्तारै आत्मनिर्भर बन्न सक्ने उहाको भनाई छ । शिक्षा मन्त्रालयले ७ वटा प्रदेशमा कृषि विद्यालय स्थापना गर्नुपर्ने भन्दै कृषकको पक्षमा काम गर्ने बताएका छन् । देशको पुँजीवादी क्रान्तिको खम्बा किसान भएकाले कृषिकलाई उत्साह प्रदान गर्नका लागी किसानको भविश्य सुनिश्चित गर्नुपर्ने गजुरेलले बताए । सिगानाका कृषकहरुले कृषि पढेका व्यक्तिले समेत व्यवहारिक ज्ञान हासिल गर्न नसकेको भन्दै पाठ्यक्रममा सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा दिनुपर्ने सुझाव राखेका थिए । उनिहरुले तत्काल गाई वस्तुको उपचारको लागी समस्या भएको भन्दै निरन्तर व्यवशायिक कृषि गर्नका लागी ऋण लिदा जग्गा धितो राख्नुपर्ने लगायतका झन्झटिलो प्रक्रिया रहेकाले समस्या उत्पन्न भएको बताएका छन् । सिगाना गाविसलाई पर्यटकिय क्षेत्रको विकासका लागी पहल गर्न आग्रह गर्दै कृषि संकलन केन्द्र बजेटको अभावमा निर्माण हुन नसकेको बताएका छन् । कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम कृषि प्रसार अधिकृत विप्लव अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE