Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मुलुकलाई आत्मनिर्भर बनाउनकालागि कृषि क्षेत्रको आधुनिकिरण गर्नुपर्छ–गजुरेल

\"Haribol-Gajurel\"बागलुङ्ग । कृषि मन्त्री हरिबोल गजुरेलले मुलुकलाई आत्मनिर्भर बनाउनकालागि कृषि क्षेत्रको आधुनिकिरण गर्नुपर्ने बताएका छन् । कृषि विकास मन्त्रालय र जिल्ला कृषि विकास कार्यालय बागलुङको संयुक्त आयोजनामा जिल्लाको सिगाना गाबिसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै उहाले सामाजिक र आर्थिक रुपान्त्रणका लागि कृषिक्षेत्रको बिकास अनिबार्य हुनुपर्नेमा जोड दिए । कृषिक्षेत्रको बिकासका लागि यसपटक अर्थमन्त्रालयद्धारा ठुलो बजेट सार्वजनिक भएको चर्चा गर्दै कृषि मन्त्रि गजुरेलले कृषि योजनालाई सफल बनाउनका लगि सबै सरोकारवाला लगायत आम किसानहरु जीम्मेवार बन्नुपर्नेमा जोड दिए । परम्परागत खेतीलाई अंगाल्दै कृषीको व्यवसायीकरण, आधुनिकिकरण, यान्त्रिकरण गर्दै जानुपर्ने उनको भनाई थियो । नेपालभरीमा २१ वटा पकेट क्षेत्र, एउटा जिल्लामा २ वटा ब्लक गरी नेपालभर १ सय ५० वटा ब्लक एवं ७ प्रदेशमा नै कृषि कार्यक्रम सञ्चालन हुने जानकारी दिए । कृषि पेशालाई सुरक्षित र मर्यादित बनाउनका लागी ६० बर्ष पुरा भएका किसानलाई सुरक्षा भत्ता दिने र ६० बर्ष मुनिका किसानलाई परिचय पत्र तथा आम्दानी एवं क्रियाशिलको आधारमा पेन्सन दिने बिषयमा छलफल भएको बताए । कृषि क्षेत्रलाई आधुनिकिकरण गरेपछि विस्तारै आत्मनिर्भर बन्न सक्ने उहाको भनाई छ । शिक्षा मन्त्रालयले ७ वटा प्रदेशमा कृषि विद्यालय स्थापना गर्नुपर्ने भन्दै कृषकको पक्षमा काम गर्ने बताएका छन् । देशको पुँजीवादी क्रान्तिको खम्बा किसान भएकाले कृषिकलाई उत्साह प्रदान गर्नका लागी किसानको भविश्य सुनिश्चित गर्नुपर्ने गजुरेलले बताए । सिगानाका कृषकहरुले कृषि पढेका व्यक्तिले समेत व्यवहारिक ज्ञान हासिल गर्न नसकेको भन्दै पाठ्यक्रममा सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा दिनुपर्ने सुझाव राखेका थिए । उनिहरुले तत्काल गाई वस्तुको उपचारको लागी समस्या भएको भन्दै निरन्तर व्यवशायिक कृषि गर्नका लागी ऋण लिदा जग्गा धितो राख्नुपर्ने लगायतका झन्झटिलो प्रक्रिया रहेकाले समस्या उत्पन्न भएको बताएका छन् । सिगाना गाविसलाई पर्यटकिय क्षेत्रको विकासका लागी पहल गर्न आग्रह गर्दै कृषि संकलन केन्द्र बजेटको अभावमा निर्माण हुन नसकेको बताएका छन् । कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम कृषि प्रसार अधिकृत विप्लव अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending