Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

लुम्बिनीपछिको बौद्ध गन्तव्य कांक्रेविहारकाे सुन्दरता

  \"kakrebihar-750\"सुर्खेत । सुर्खेतको कांक्रेविहारलाई बुद्ध जन्मस्थल लुम्बिनी पछिको दोस्रो बौद्ध गन्तब्यको रुपमा विकास गर्न सकिने निश्कर्ष निकालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषले नै कांक्रेविहारलाई संरक्षण गर्नुपर्ने धारणा छ । लुम्बिनी प्रेस क्लब भैरहवाले सुर्खेतमा आयोजना गरेको आन्तरिक पर्यटन प्रबद्र्धनमा सञ्चार अभियान विषयक अन्तक्र्रियाबाट यस्तो निश्कर्ष निकालिएको हो । कांक्रेविहार नेपालमा रहेका बौद्ध सम्पदाहरु मध्यको महत्वपूर्ण क्षेत्र मानिन्छ । यो क्षेत्रमा ढुंगामा कुंदिएका बौद्ध आकृति, महत्वपूर्ण प्राचीन वौद्ध सम्पदा र भग्नावेशषहरु छन् । कांक्रेविहारको पर्यटकीय विकासका लागि लुम्बिनीका पर्यटन ब्यवसायीको समेत सहयोग जरुरी रहने भन्दै लुम्बिनी र कांक्रेविहारलाई जोडेर टुर प्याकेज बनाउनुपर्ने, लुम्बिनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने, लुम्बिनी–सुर्खेत सिधा हवाइ उडान सञ्चालन गर्नुपर्ने लगायतका निश्कर्ष अन्तक्र्रियाको छ । कांक्रेविहारमा रहेका प्राचीन वौद्ध सम्पदाहरुको अध्ययन, अन्वेषण र संरक्षणका साथै यसको ब्यवस्थित गुरुयोजना बनाउन सके लुम्विनी आउने पर्यटकहरुलाई कांक्रेविहार ल्याउन सकिने धारणा सहभागीहरुको थियो । कार्यक्रममा बौल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डाक्टर उपेन्द्र कोइरालाले लुम्विनी देखि सुर्खेत हुंदै सुदुरपश्चिम सम्म रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके लुम्विनी आउने लाखौं पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए । उनले लुम्विनी देखि सुदुरपश्चिमसम्म पाइला पाइलामा पर्यटकीय स्थलहरु रहेकाले लुम्विनी आउने पर्यटकलाई पश्चितर्फ डाइभर्ट गर्ने योजना अघि सार्नुपर्ने धारणा राखे । लुम्विनी हुंदै पाल्पा–गुल्मी–अर्घाखांची–स्वर्गद्धारी–दाड्ड–वांके राष्ट्रिय निकुञ्ज–सुर्खेतको कांक्रेविहार–बर्दिया राष्ट्रिय निकुञ्ज हुंदै शुुक्लाफांटा राष्ट्रिय निकुञ्ज र माथिल्लो भागमा ढोरपाटन र रारा राष्ट्रिय निकुञ्जसम्म पर्यटक पुर्याउने योजना अघि सार्नुपर्ने धारणा राखे । कार्यक्रममा वौल्दै मध्यपश्चि वौद्ध विश्वविद्यालयका रजिष्टार महेन्द्र मल्लले लुम्विनीको पर्यटनका सम्भावनासंग जोड्न सके पछाडी परेको मध्य र सुदुरपश्चिम छिटै माथि उठ्ने जनाए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कांक्रेविहारलाई थप उत्खनन सानो लुम्विनीको रुपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले भग्नावशेषको रुपमा रहेको कांक्रेविहारलाई पुनर्निर्माण गर्ने काम भइरहेकाले यसलाई लुम्विनी र तिलौराकोटसंग जोडेर प्रचारप्रसार गर्नुपर्ने बताए । सुर्खेतको कांक्रेविहार र वुलवुले ताललाई जोडेर पर्यटन ब्यवसायमा लगानी गर्न यहांका ब्यवसायीहरु लालायीत रहेको उनको धारणा थियो । सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष धु्रव चपाईले सुर्खेतका पर्यटकीय क्षेत्रहरुलाई जोडेर गुरुयोजना बनाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव हरिध्वज राइले पर्यटन प्रबद्र्धनका लागि पर्यटकहरुलाई कौतुहलता सिर्जना गर्नुपर्ने बताए । लुम्विनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले कांक्रेविहारको पर्यटन प्रबद्र्धनका लागि लुम्विनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरुको विकास जरुरी रहेको जनाए । जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवाली र प्राध्यापक भरतराज पोखरेलले लुम्विनी र सुर्खेतका पर्यटन ब्यवसायी मिलेर दुवै क्षेत्रको पर्यटन विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । सिद्धार्थ टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष सागर अधिकारीले बुद्धसंग सम्वन्धित क्षेत्रहरुको एकिकृत विकासका लागि सरकारले एकिकृत योजना बनाउनुपर्ने धारणा राखे । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष डा.शान्तकुमार शर्माले लुम्विनीबाट सुर्खेत हुंदै रारा तालसम्म पुग्ने रुटको विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासले गती लिने बताए । नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढाले सुर्खेतको पर्यटन विकासका लागि पत्रकारहरुले सकारात्मक समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए । \"Kakre_Bihar-750\"लुम्विनीका पर्यटन ब्यवसायी गोविन्द ज्ञवाली र मिथुनमान श्रेष्ठले लुम्विनीको टुर प्याकेजमा कांक्रेविहारलाई समेत समेट्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पदम वहादुर शाहीले सुर्खेतको समग्र विकासका लागि गुरुयोजना जरुरी रहेको र गुरुयोजना तयार पार्दा बौद्ध संस्कृतिलाई झल्काउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै ब्यवसायी टोप बहादुर रायमाझि, चिन्तामणि शर्मा, गोविन्द कोइराला,हरि प्र.अधिकारी, टंक प्रसाद लामिछाने, तर्क बहादुर शाही, प्रकाश पौडेल, यमलाल गिरी, दीपेन्द्र शर्मा लगायतले बोल्दै लुम्विनी र सुर्खेतको पर्यटनलाई जोड्दा पश्चिमका सवै पर्यटकीय क्षेत्रहरुलाई समेटेर टुर प्याकेज निर्माण गर्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले अन्तक्र्रियाको निश्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा लुम्विनी प्रेस क्लवका अध्यक्ष माधव ढुंगानाले लुम्विनीको पर्यटन प्रबद्र्धनका लागि लुम्विनी क्षेत्रका पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका खेलिररहेको बताए । प्रेस क्लवका महासचिव नरेश केसीले लुम्विनी र सुर्खेतको कांक्रेविहारको एकिकृत योजना निर्माणका लागि पत्रकारहरुले दवाव दिनुपर्ने धारणा राखे । लुम्विनी प्रेस क्लव भैरहवाले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE