Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नयाँ शक्ति पार्टी घोषणा सभामा क–कसलाई छ निम्ता ?

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणामा देश तथा विदेशबाट नयाँ शक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने भएका छन् । एक लाख भन्दा बढी पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर नयाँ शक्तिे पार्टी घोषणा गर्न लागेको हो । नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले दिएको जानकारी अनुसार पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागी हुनेछन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी रहेको बताइएको छ । घोषणासभामा विदेशका सबै कमिटीबाट सहभागिता रहने प्रवक्ता देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँ शक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएइको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । यसैगरी पत्रकार, मानवअधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्ता गरिएको प्रवक्ता देवकोटाले जनाएका छन् । रंगशालामा गर्ने कार्यक्रममा सहभागि हुन काठमाडौंका ४ मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था समेत पार्टीले मिलाएको छ । जसअनुसार कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको जुलुस रंगशाला प्रवेश गर्नेछ । राजधानी बाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु जुलुस सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको पनि पार्टीले जनाएको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँ शक्तिले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ शक्तिको पार्टी घोषणामा मञ्चमा बस्ने व्यवस्था पाँच सय जनालाई मिलाईएको सो पार्टीको व्यवस्थापन विभागले जनाएको छ । तर शुभकामना भने प्रतिनिधिमुलक ढंगले लिइने जनाईएको छ । कार्यक्रमको प्रचार प्रसारको लागि देश तथा विदेशका सञ्चार माध्यममा आवद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाईएको र छिटो समाचार पठाउन आवश्यकलाई ध्यानमा राखेर मिडिया सेण्टर समेत रहने प्रचार–प्रसार उपसमितिले जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE