Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नयाँ शक्ति पार्टी घोषणा सभामा क–कसलाई छ निम्ता ?

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणामा देश तथा विदेशबाट नयाँ शक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने भएका छन् । एक लाख भन्दा बढी पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर नयाँ शक्तिे पार्टी घोषणा गर्न लागेको हो । नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले दिएको जानकारी अनुसार पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागी हुनेछन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी रहेको बताइएको छ । घोषणासभामा विदेशका सबै कमिटीबाट सहभागिता रहने प्रवक्ता देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँ शक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएइको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । यसैगरी पत्रकार, मानवअधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्ता गरिएको प्रवक्ता देवकोटाले जनाएका छन् । रंगशालामा गर्ने कार्यक्रममा सहभागि हुन काठमाडौंका ४ मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था समेत पार्टीले मिलाएको छ । जसअनुसार कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको जुलुस रंगशाला प्रवेश गर्नेछ । राजधानी बाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु जुलुस सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको पनि पार्टीले जनाएको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँ शक्तिले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ शक्तिको पार्टी घोषणामा मञ्चमा बस्ने व्यवस्था पाँच सय जनालाई मिलाईएको सो पार्टीको व्यवस्थापन विभागले जनाएको छ । तर शुभकामना भने प्रतिनिधिमुलक ढंगले लिइने जनाईएको छ । कार्यक्रमको प्रचार प्रसारको लागि देश तथा विदेशका सञ्चार माध्यममा आवद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाईएको र छिटो समाचार पठाउन आवश्यकलाई ध्यानमा राखेर मिडिया सेण्टर समेत रहने प्रचार–प्रसार उपसमितिले जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending