Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

प्रम ओलीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

\"kp-oli1\"काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरेका छन् । आफ्नो कार्यकक्ष सिंहदरबारमा आज भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गरेका हुन । प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९डिएफआइडी० का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालय ९युएनएचसिआर० का प्रतिनिधिले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । दुबै भेटमा नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी भएको छ । भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको थियो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्धलाई थप सुदृढ र बलियो बनाउनेबारे पनि उनीहरुबीच कुराकानी भएको थियो । बेलायतले नेपालको संविधान कार्यान्वयनबारे पनि चासो राखेको थियो । त्यस्तै युएनएचआरसीका प्रतिनिधिले पनि नेपालको आर्थिक विकास र भूटानी शरणार्थी समस्याबारे जिज्ञासा राखेको थिए । बेलायती सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालमा प्रसस्त लगानीको वातावरण रहेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार गोपाल खनालले सञ्चारकर्मीलाई जानकारी दिए । दुई देशबीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा बेलायतको भूमिकालगायतको विषयमा कुराकानी भएको उनले उल्लेख गरे । बेलायती सचिवहरुले संविधान जारीपश्चात नेपाल आर्थिक विकासको दिशातर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्दै खासगरी ठूला परियोजनामा वेलायती लगानी कसरी भित्र्याउने र लगानी सुरक्षित गर्नेबारे विस्तृत कुराकानी भएको थियो । प्रमका परराष्ट सल्लाहकार खनालका अनुसार बेलायतले संविधान कार्यान्वयनप्रति राखेको चासोको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल यतिखेर संविधान कार्यान्वयनको चरणमा रहेको र सबैखाले समस्या समाधान भइसकेको र केही भए वार्ता र सहमतिबाटै समाधान खोजिने बताएका थिए । डिएफआइडीका सचिव मार्क लोककले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको आधुनिक विकास र दुईपक्षीय सहयोगबारे सौहार्दपूर्ण कुराकानी भएको बताए । त्यसैगरी युएनएचसिआरका प्रतिनिधिसँगको भेटमा विशेषगरी भुटानी शरणार्थी समस्या समाधान, नेपालको आर्थिक विकासमा खेल्ने भूमिकालगायतका विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै युएनएचआरसीका प्रतिनिधि क्रेग सेन्डर्सले नेपालको समसामयिक परिस्थिति र भुटानी शरणार्थीबारे कुराकानी भएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE