Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पैसाको खेलमा एकैस्थानमा ३ ग्यास कम्पनी, लापरबाहीका कारण बनेपा अासपासका बस्ती खतरामा

\"gyas_sagar\"काभ्रे । बनेपाको नाला दोबाटोमा संचालित सगर ग्याँस उद्योग सहित तीन ग्याँस उद्योग मापदण्डबिपरित संचालन भएको पाइएको छ । मापदण्डबिपरित संचालन भएका उद्योगहरुमा सगर ग्याँस उद्योग, सूर्य ग्याँस उद्योग र चण्डेश्वरी ग्याँस उद्योग रहेका छन् । [caption id=\"attachment_77540\" align=\"alignleft\" width=\"540\"]\"ग्यास ग्यास उद्योगको ठगीधन्दाबारे स्थानीय पत्रिकामा छापिएको समाचार[/caption] सगर ग्याँस उद्योगका संचालक सावरमल अग्रवाल हुन् । यस्तै, सूर्य र चण्डेश्वरी ग्याँस उद्योगका संचालक बिष्णुहरी कक्षपती हुन् । हामीले निगमको मापदण्डको बारेमा कुरा गर्दा सगर ग्यासका संचालक सावरमल अग्रवालले आफ्नो कम्पनि नियममा दर्ता भएको र अरु कम्पनि पछि थपिएको बताए । नियम उनिहरु लाग्ने र आफुलाई नलाग्ने उनी बताउँछन् । उग्रतारा गा.वि.स बनेपामा २०५२ सालमा सगर ग्याँस (सगरमाथा ग्याँस) कम्पनीको नाममा स्थापना भएको यो उद्योग स्थानीय संयन्त्र, सचिव डेगराज दाहाल, राजनीति चलखेल तथा मिलेमतोमा २०७१ सालमा उग्रतारा गाविस नालामा स्थानान्तरण भएको गलत विवरण पेश गरि स्थापना गरेपनि अहिलेसम्म नियमनकारी निकायको ध्यान पुग्न सकेको छैन । नियमनकारी निकाय मौन रहनु या नियम पालना नगराउनुको रहस्य स्थानियहरु पैसाको खेल भएको बताउँछन् । नियम नमान्ने कम्पनिलाई नियमभित्र ल्याउनु सरकारको कर्तव्य हो तर याहाँका ग्यास कम्पनिका संचालकहरुका हकमा यो नियम लागु हुँदैन । [caption id=\"attachment_77533\" align=\"alignleft\" width=\"500\"]\"सुर्य सुर्य ग्यास उद्योग[/caption] निगमको मापदण्डमा के छ ? नेपाल आयल निगमको मापदण्ड अनुसार एक ग्याँस उद्योगदेखि दोस्रो उद्योगको न्यूनतम दूरी २ किलोमिटर हुनुपर्नेछ । तर, यी तीनवटै ग्याँस उद्योग मापदण्डविपरित एकै स्थानबाट संचालन हुँदै आएको छ । यसरी मापदण्डबिपरित संचालनमा रहेका उद्योग सूर्य र चण्डेश्वरी ग्याँस उद्योग एउटै कम्पाउन्डमा रहेका छन् । भने सगर ग्याँस उद्योगको दूरी पनि करिब १५ मिटरको दूरीमा रहेको छ । यी तीनवटै उद्योगले नक्कली कर्मचारी खडा गरि तलब चार्ट तयार गरिएको पाइएको छ । कम्पनीको भ्याट विल वितरकलाई दिइ मूल्यअभिवृद्धि कर छलि गरि गम्भिर आर्थिक अपराध गर्ने गरिएको समेत कम्पनिका कर्मचारी बताउँछन् । नेपाल आयल निगमको कम्पनी ऐनविपरित संचालन भएका यी तीन उद्योगले स्थानीय समुदाय तथा बातावरणीय असरबारे कुनै पनि चासो र चिन्ता देखाइको छैन । ऐनमा के छ ? निगमको कम्पनी ऐन अनुसार ग्याँस उद्योग परिसर वा कम्पान्डभित्र पुरै पिच (कालोपत्रे) वा ढलान गर्नुपर्ने प्रावधान छ । तर,अझ उदेक लाग्दो कुरा के छ भने, निगमको मापदण्डबिपरित यी कम्पनीले कम्पाउन्डभित्र आलु, तोरी, धान, गहुँ जस्ता बालीहरु लगाएका छन् । ग्याँस कम्पनीका लापरवाहीको कारण जुनसुकै बेला ठुलो दुर्घटना हुनसक्नेछ । सो दुर्घटना भएमा उग्रतार, उग्रचण्डी, टुकुचा, नसिका साँगा र बनेपा नगरपालिकासमेत नराम्ररी प्रभावित हुनेछ । कम्पनीभित्र रहेका  ‘फिलिङ मेसिन’, ‘फाइरिङ’,‘इस्टिङगेजर’ जिर्ण अवस्थामा रहेको छ । पानी ट्याङकीमा पानी स्टक हुनुपर्ने पानीको स्रोत समेत नरहेको पाइएको छ । सूर्य ग्याँय उद्योगमा ‘स्टक टयाङकी’ चुहिने अवस्थामा रहेकोछ भने सगर ग्याँस उद्योगको ‘हाइड्रो टेष्ट मेसिन’ देखावटीरुपमा मात्रै रहेको छ । यस विषमा आयल निगम कार्यालय बबरमल काठमाडौंमा सम्पर्क गर्दा निगमका व्यवस्थापकीय टिमका निर्देशकलाई सम्पर्क गर्दा प्रवक्तालाई देखाउँदै जिम्मेवारीबाट पन्छिए । ग्याँस उद्योगले स्थानीय समुदाय तथा वातावरणमा गम्भिर असर गर्दासमेत कारवाहीको साँचो हातमा लिएर बसेका निगमनकारी निकाय नेपाल आयल निगम राजनीतिक दवाबको लाचारी छाँया मात्र बनेको भेटियो । कम्पनीका यस्ता क्रियाकलापः
  • सामान्य अवस्थामा कम्पनीले डिलरसम्म ग्याँस ढुवानी गरिदिन्छ, अभाव भएको अवस्थामा कम्पनीले न्यून ढुवानी खर्चमात्र दिएर डिलरलाई ग्याँस उपलब्ध गराउँछ । पछि डिलरले गृहबाट गाडि भाडा असुल्छ ।
  • आपूर्ति मन्त्रालय र आयल निगमको निर्देशन नयाँ सिलिन्डर विक्रि वितरण गर्न रोक लगाएको अवस्थामा यी कम्पनीले सिलिन्डरको मूल्य समेत बढि लिइ ग्याँस वितरण गरिरहेका छन् । बजारमा पुरानो सिलिन्डर समेत चरम अवाभ छ ।
  • आपूर्ति मन्त्रालय र आयल निगमको निर्देशन अनुसार कम्पनीबाट खुद्रा सिलिन्डर विक्रि गर्न नपाइने प्राभवधानलाई लत्याउँदै कम्पनीबाटै खुद्रा विक्रि भइरहेको छ ।
  • पुरानो सिलिन्डरमा एक देखि दूई किलोसम्म लेदो पदार्थ पाइएकोछ ।
  •  जिल्ला प्रशासन कार्ययलमा स्थानीय बासिन्दाले पटक–पटक सचेत गराउनुको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्ति मन्त्रायल र उद्योग मन्त्रालयलाई स्थलगत निरिक्षण गरि कार्वाही गर्न आदेश दिएपनि उच्च राजनीतिक संरक्षणको आडमा यी कम्पनीले ठगी धन्दा अगाडि बढाइरहेका छन् ।
[caption id=\"attachment_77534\" align=\"alignleft\" width=\"500\"]\"चण्डी चण्डी ग्यास उद्योग[/caption] अझै क्षमताबृद्धि गर्दै सगर ग्याँस नियमविपरित स्थापित सगर ग्यास उद्योगले ४० टन उत्पादन क्षमता भएको आफ्नो उत्पादन क्षमता बढाएर २०० टन बनाउन लागिरहेको छ । उग्रतारा गाविसमा रहेको ग्यास उद्योगले क्षमता अभिबृद्धिका लागी उग्रचण्डी गाविसको जग्गा खरिद गरेको समेत स्थानिय बताउँछन् । दर्ता एउटा गाविसमा र कम्पनि अर्को गाविसमा संचालन गरिन लाग्दा समेत र अनधिकृत र नियमविपरित क्षमता अभिवृद्धि गर्दासमेत स्विकृत गर्ने निकाय नेपाल आयल निगम क्षमता अभिवृद्धिका लागी स्विकृति दिने तयारीमा छ । बनेपा बजार खतरामा तिनवटै ग्यास कम्पनि एकै ठाउँमा संचालनमा आएको र केही गरी दूर्घटना हुन गएको स्थितिमा बनेपा बजार आसपासका बस्ती पुरै सखाप हुने अवस्था छ । एउटा कम्पनिमा कुनै कारणले दूर्घटना हुन गएमा आसपासमा रहेका सबै कम्पनिहरु त्यसको प्रभावमा पर्छन् र अकल्पनिय घटना घट्न सक्ने स्थानीयहरु बताउँछन् । संयौं घर बस्ति नजिकै रहेका कारण पनि निगमले ति सबै कम्पनिहरुलाई स्थानान्तरण गर्नेगरी सोच्नुको सट्टा उल्टो क्षमता अभिवृद्धिको स्विकृति प्रदान गर्नुले ठुलै आर्थिक चलखेल भएको बुझ्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: