Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘एमाले राष्ट्रिय सहमतिको सरकार गठनको लागि तयार’

\"uml\"काठमाडौँ । प्रमुख सत्ता घटक दल नेकपा ९एमाले०नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएका छन्।

पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले राष्ट्रिय सहमति मुलुकको अहिलेको आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच साझा समझदारी हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सहमतिमा बन्ने राष्ट्रिय सरकारप्रति आफ्नो पार्टीको सहमति हुने जानकारी दिँदै भने, “सहमति एमाओवादीका अध्यक्षका नाममा पनि हुन सक्छ वा काँग्रेसको तथा एमालेका नेताका नाममा पनि हुन सक्छ ।”

सहमतिका लागि अघि बढ्न एमालेमा कुनै द्विविधा नभएकामा जोड दिँदै महासचिव पोखरेलले भद्र सहमतिका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । “त्यो बैठकमा बस्ने साक्षी हामी पनि छौ उनले भने । “सहमति हुनु मुख्य कुरा हो । कसले नेतृत्व गर्छ त्यो प्रमुख कुरा होइन । सहमतिको प्रयत्नलाई स्वीकार गरेर नयाँ खालको स्थिति आउँछ भने पनि त्यसका लागि छलफल गर्न हामी तयार छौँ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रमुख दलकाबीच साझा सहमति आवश्यक रहेको बताउनुभयो । शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म प्रमुख दलबीच भएको सहमति र साझा समझदारी संविधान कार्यान्वयनमा हुनु आवश्यक रहेकामा जोड दिँदै नेता खनालले भने, “त्यस्तो सहमति हाम्राबीचमा भएकै हो । प्रमुख दल सत्तामा वा प्रतिपक्षमा बसे पनि साझा समझदारी चाहिन्छ ।”

एमालेले २०७१ साल असारमा सम्पन्न भएको नवौँ राष्ट्रिय महाधिवेशनपछि आज नामावलीसहित केन्द्रीय विभाग गठन गरेको छ ।विसं २०७२ चैतको अन्तिम तथा २०७३ वैशाखको पहिलो हप्तामा सम्पन्न भएको पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठक तथा स्थायी समितिको बैठकले उक्त काम सम्पन्न गर्नका लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले छलफल र परामर्श गरी बढीमा २५ सदस्यसहित ३१ वटा विभाग गठन गरेको पोखरेलले बताउनुभयो ।गठन गरिएका विभागमध्ये पार्टी स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली, वैदेशिक मामिला विभाग प्रमुखमा माधवकुमार नेपाल, अर्थ तथा योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे, आर्थिक विभाग प्रमुखमा विष्णुप्रसाद रिमाल, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा मुकुन्द न्यौपाने, उपभोक्ताहित संरक्षण तथा सुशासन विभाग प्रमुखमा घनेन्द्र बस्नेत, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा ठाकुर गैरे छन् ।

त्यस्तै जलस्रोत तथा ऊर्जा विभाग प्रमुखमा प्रदीप नेपाल, न्याय तथा कानुन विभाग प्रमुखमा रघुजी पन्त, निर्वाचन विभाग प्रमुखमा राजेन्द्रप्रसाद पाण्डे, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा सूर्य थापा, प्रचार विभाग प्रमुखमा योगेश भट्टराई, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा काशीनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा डा विजयकुमार पौडेल, युवा तथा खेलकुद विभाग प्रमुखमा कर्णबहादुर थापा, राजकीय मामिला विभाग प्रमुख भीमप्रसाद आचार्य छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending