Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीलाई टेरेनन्, बस्नेत र अाेलीकाे टसल झनै बढ्याे

\"pm-Kp-oli-with-Sakti-Basnet\"काठमाडौं । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि गृहमन्त्री शक्ति बस्नेतले अस्वीकार गरिदिएका छन् । आफ्नो निर्देशन नमाने गृहमन्त्रीबाटै राजिनामा दिनुसमेत भनेर कडा चेतावनी दिएपछि गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीको निर्देशनको अटेर गरी १५ प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित ५१ उपसचिवलाई रमाना दिएका छन् । आर्थिक वर्षको आखिरिमा आएर नियमविपरित सरुवा गरेको भन्दै प्रधानमन्त्री ओलीले सरुवा रोक्न गृहमन्त्री बस्नेतलाई ठाडो निर्देशन दिएका थिए । मंगलवार प्रधानमन्त्री ओली तथा मुख्य सचिव सोमलाल सुवेदीले समेत कर्मचारीहरुको सरुवा रोक्न निर्देशन दिएका थिए । मंगलबार सरुवा गरिएका कर्मचारीको सरुवा रोक्न प्रधानमन्त्री र मुख्य सचिवले मंगलवार साँझ निर्देशन दिए पनि गृहले वेवास्ता गर्दै सरुवा गरिएका जिल्ला पुगिसक्न रमाना दिएको छ । सरुवा गरिएका कर्मचारीलाई उही दिन रमाना दिइ सकिएकाले उनीहरुलाई फिर्ता गर्दा संकट उत्पन्न हुन सक्ने भएकाले यसलाई समाधान गर्न प्रधानमन्त्री कार्यालयसँग छलफल चलिरहेको गृह प्रशासन स्रोतले बतायो । मंगलबार सरुवा भएका एक कर्मचारीले मन्त्रालयबाट बाहिर सरुवा भएकाहरु कर्मचारीहरु बुधवार रमाना लिएर सम्वन्धित जिल्लामा गइसकेका छन् भने जिल्लाबाट काठमाडौं सरुवा भएकाहरु पनि काठमाडौं आइसकेका छन् । गृहले डडेल्धुरा, मनाङ, कालिकोट, तेह्रथुम, प्युठान, बैतडी, रामेछाप, अछाम, भोजपुर, पर्वत, पाँचथर, मुगु, बझाङ, डोल्पा र संखुवासभा गरी १५ जिल्लामा सिडिओ र अन्य जिल्लामा सहायक सिडिओको र मन्त्रालयमा गरी ५१ कर्मचारीको सरुवा गरेको थियो । प्रधानमन्त्रीसँगै टसल परेपछि गृहमन्त्री बस्नेत विहीबारे मन्त्रिपरिषद बैठकमा समेत गएनन् । गृहमन्त्री बस्नेतसहित माआवादीका सबै मन्त्रीहरुले विहीबारको मन्त्रिपरिषदको बैठकमा अनुपस्थित रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: