Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

स्थापित भयो कृष्णदास फाउन्डेसन

काठमाडौ, नेपाली कम्युनिस्ट आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका कृष्णदास श्रेष्ठको ओझेलमा परेको राजनीतिक व्यक्तित्व र कृतित्वको प्रचारप्रसार, संरक्षणलगायत अन्य सामाजिक कार्यहरु गर्नका लागि ‘कृष्णदास फाउन्डेसन’ नामक संस्था स्थापना भएको छ । श्रेष्ठको राजनीतिक व्यक्तित्व उजागर गर्न तथा उनका मार्क्सवादी कृतिहरुको अध्ययन–अनुसन्धान गरी कृष्णदास फाउन्डेसनलाई नेपालकै नमूना मार्क्सवादी अध्ययन–अनुसन्धान प्रतिष्ठान बनाउने उद्देश्यले  ‘कृष्णदास श्रेष्ठ फाउन्डेसन’ नामक संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष, पूर्वसभासद् एवम् कृष्णदास श्रेष्ठकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठले जानकारी दिइन् । नेपाली कम्युनिस्ट आन्दोलनको आरम्भमै कम्युनिस्ट पार्टीमा संगठित भई आन्दोलनमा लागेका श्रेष्ठले आफ्नो जीवनको ६ दशकभन्दा लामो अवधि वर्गीय मुक्ति र कम्युनिस्ट क्रान्तिप्रति समर्पित गरेका छन् । श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेताहरुमध्ये हालसम्म निरन्तर क्रियाशील जीवित एवम् अग्रणी नेता हुन् । २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरी नेपाल मार्क्सवादी–लेनिनवादी पार्टी, नेकपा (माओवादी) र एमाओवादी हुँदै हाल नेकपा–माओवादीमा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षको भूमिकामा श्रेष्ठ निरन्तर क्रियाशील छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनले मार्क्सवादी दर्शनसम्बन्धी दर्जनौ मौलिक कृतिहरु लेखेका छन् । श्रेष्ठले मार्क्सवादका उत्कृष्ट कृतिहरुको अनुवाद पनि गरेका छन् । उनीद्वारा लिखित र अनुदित कृतिहरुले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनमा लाग्ने तथा अध्ययन–अनुसन्धान गर्नेहरुलाई सैद्घान्तिक रुपमा प्रशिक्षित गर्न सन्दर्भ–सामग्रीको काम गरेका छन् । ‘कार्ल मार्क्स : व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’, ‘अतिरिक्त मूल्यको सिद्घान्त’, ‘द्वन्द्ववाद र द्वन्द्वात्मक प्रवर्गहरु’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’, ‘कम्युनिस्ट घोषणापत्रः परिचयात्मक र व्याख्यात्मक टिप्पणी’, ‘माक्र्सवादी दर्शनसम्बन्धी निबन्धहरु’ जस्ता मार्क्सवादी दर्शन र सोसँग सबन्धित विभिन्न विधाहरुबारे उनीद्वारा सुसंगत रुपमा लेखिएका उत्कृष्ट कृतिहरु हुन् । त्यसैगरी उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओत्सेतुङका चुनिएका रचनाहरु (भाग–१)’, ‘लेनिनवादका आधारहरु’, ‘मार्क्सवाद र भाषाशास्त्र’, ‘मार्क्सवाद र जातीय सवाल’ लगायतका कृतिहरुको अनुवाद  समेत गरेका छन् । फाउन्डेसनका अध्यक्ष महालक्ष्मी श्रेष्ठ छिन् भने उपाध्यक्ष नैनकला थापा, महासचिव रामचन्द्र फुयाल र कोषाध्यक्ष सन्जीवदास श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा रजनी भुजु, कपिलचन्द्र पोखरेल र इन्द्रबहादुर राउत रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending