Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बजेटमाथिको छलफलः सत्तापक्षको समर्थन, विपक्षीको विरोध

\"badalकाठमाडौँ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा आर्थिक वर्ष २०७३÷०७४ राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेको छ । छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले बजेटको समर्थन गरे भने भने प्रतिपक्ष दलका सांसदले त्यसलाई जनता झुक्याउने प्रवृत्ति भन्दै आलोचना गरे । नेपाली काँग्रेसका डा प्रकाशशरण महतले बजेट प्राथमिकता विहीन भएकाले मूल्यवृद्धि गर्ने, जनतालाई राहतभन्दा आहत दिने भएकाले यसले कुनै प्रभाव नपार्ने भन्दै आपत्ति प्रकट गरे । उनले ४० प्रतिशतभन्दा बढी राजस्वको स्रोत आयात निर्भर भएकाले राजस्व बढाउँछु भन्नु हास्यापद रहेकाले क्रमशः परनिर्भरता बढाउने र सामाजिक भक्तासमेत दिन नसक्ने स्पष्ट पारे । डा महतले चालु आवमा रु २५ अर्बको चामल आयात भएको सन्दर्भमा दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छ भन्नु पूर्णतः गलत भएको बताए । बजेटप्रति धारणा राख्दै नेकपा ९एमाले०का गोकर्ण विष्टले केही व्यक्तिलाई मन नपरेको भए पनि सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट व्यावहारिक र प्रभावकारी रहेको दाबी गरे । उनले धरातलीय यथार्थतालाई आत्मसात् गरेर बजेट प्रस्तुत गरिएको, ठूला र महत्वपूर्ण आयोजनामा बजेट व्यवस्था गरिएको, राजस्व परिचालन अनुमानयोग्य र जायज रहेको, सामाजिक सुरक्षामा ध्यान दिइएको, भूकम्प प्रभावित जिल्लालाई पुनःनिर्माणमा जोड दिइएकाले अतिरञ्जीत तवरले प्रचार नगर्न आग्रह गरे । उनले पुनःनिर्माणलाई समयमा नै अगाडि बढाउन सकियो र केही महत्वपूर्ण आयोजना समयमै सुरु गरियो भने त्यसले सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने भन्दै कृषि, सिँचाइमा दिइएको अनुदान र सामाजिक क्षेत्रलाई दिइएको महत्वले आमनागरिक लाभान्वित हुने धारणा राखे । ऊर्जा क्षेत्र, पूर्वाधार विकास, काठमाडौँ–तराई मधेस द्रुतमार्ग, उत्तर दक्षिण करिडोरलाई ध्यान दिइएका कारण बजेटले आमजनतामा आशा जगाएको सांसद विष्टको कथन थियो । माओवादीको आपत्ति नेकपा ९माओवादी केन्द्र०का जनार्दन शर्माले बजेटको रुप पक्ष सकारात्मक भए पनि सारमा भने जनयुद्ध, जनआन्दोलनका घाइतेलाई कुनै राहत नदिइएको बताए । खर्च गर्ने संयन्त्रको अभाव रहेको, व्यापार घाटा कमी गर्ने कार्यक्रम कमी रहेको, किसानलाई पेन्सन दिने विषय नसमेटिएको भन्दै उनले आपत्ति प्रकट गर्नुभयो । नयाँ संविधानको भावनाअनुसार बजेट आउनुपर्नेमा त्यसो नभएको भन्दै सांसद शर्माले कर्णाली र सुदूरपश्चिमका जनतालाई समेट्न नसकिएकामा आपत्ति प्रकट गरे । राज्यको दृष्टिकोण केन्द्रमुखी र नेतामुखी रहेको भन्दै उहाँले झापा र रुपन्देहीमा बजेट केन्द्रित गरेर पिछडिएको क्षेत्रमाथि अन्याय गरिएको, प्राथमिकता नदिइएको भन्दै असन्तुलित बजेट सच्याउन आग्रह गरे । कर्णाली आयोगलाई राष्ट्रिय योजना आयोगको एउटा एकाइ बनाएर ठगिएको भन्दै उनले विभेदकारी व्यवस्था हटाएर सन्तुलित बनाउन ध्यानाकर्षण गराए । राप्रपा नेपालका भाष्कर भद्राले आगामी आवका लागि प्रस्तुत गरिएको बजेटले पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिइएकाले त्यसको सार्थक कार्यान्वयन हुनुपर्ने बताए । बेरोजगारीको अन्त्य, कृषि क्षेत्रको विविधिकरण र आधुनिकीकरण गर्नु जरुरी रहेको भन्दै उहाँले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै सांसदलाई समान भूमिका दिनुपर्ने आवश्यकता औंल्याए । मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का सुबोधकुमार पोखरेलले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकता दिएर अगाडि बढाउन खोजेकामा सरकारको प्रशंसा गरे । वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बढाएर सरकारले सामाजिक दायित्व लिएको भन्दै उनले बजेट जनपक्षीय रहेकामा स्वागत गरे । राप्रपाका सुनिल थापाले खर्च गर्ने क्षमता नभएको अवस्था कायमै रहेको, चर्को मूल्यवृद्धि हुने अवस्था रहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने आधार प्रस्तुत गर्न आग्रह गरे । बजेटले मुलुकको अर्थतन्त्रमा वित्तीय जोखिम बढ्ने अवस्था रहेको भन्दै उनले वितरणमुखी बजेटलाई चाहिने आर्थिक स्रोत जुटाउनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । । संसद्मा छलफल जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending