Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जसले सगरमाथाको ढोका विश्वलाई खोलिदिए

\"pasang\"काठमाडौं । नौ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण यात्रामा कुनै नयाँ हिमाल चढेजस्तो अनुभूति भयो । कम्मरसम्म हिउँले पुरिएको बाटोमा पुराना कुनै डोरी र डोबहरु थिएनन् । यो नयाँ अनुभूति महसुस हुनाको कारण हो, दुई वर्षअघिको हिमपहिरो जसले मेटाइदिएको थियो चुचुरो चुम्ने बाटो । दोलखा रोलवालिङका ३१ वर्षीय आरोही शेर्पाले १७ वर्षको अवधिमा दशौँ पटक सगरमाथाको सफल आरोहण मात्र गरेनन् उनले सगरमाथाको ढोका विश्वलाई खोलिदिए । उनी तिनै हिरो हुन् जसले प्राकृतिक विपत्तिले दुई वर्षसम्म आरोहण रोकिएको सगरमाथाको बाटो खोलेर आरोहण सफलता दिलाए । उनीसहित नौ शेर्पा गाइडको साहस र अथक मिहिनेतले यस वर्षको वसन्त ऋतुमा करिब ४५० स्वदेशी तथा विदेशी आरोही सगरमाथा चुचुरो चुम्न सफल भए । पहिले पनि रुट फिक्सिङ ९बाटो निर्धारण गर्ने० गरी डोरी टाँगेको अनुभवले यस पटकको आरोहणले सफलता पाएको अनुभव आरोही शेर्पाले सुनाए । । “अन्दाजले नै डोरी टाँगेँ । पुराना डोरी तथा रुट थिएनन् । यसकारण राम्रो भयो कि म पहिले पनि नौ पटक चढेको र डोरी टाँगेको अनुभव थियो, जसले गर्दा बाटोको अन्दाज भयो । नत्र यसपालि एकदमै गाह्रो हुने थियो । पुरानो अनुभवलाई प्रयोग गरेर हामीले बाटो बनायौँ,” उनले भने । सगरमाथा चुचुरोमा पुग्नु अति गाह्रो थियो, अविष्मरणीय क्षण त छँदै थिए । तर पनि बहादुर शेर्पाले हिम्मत हारेनन् आखिर चुचुरो चुमेरै छाडे, अनि अरू आरोहीलाई पनि प्रेरित गरे । क्याम्प चार नजिक हिमपहिरो जान थाल्यो यसले पनि कुनै हतोत्साहित भएनन् । “समिट पुग्नुपर्ने बिहानको समय । रात पर्न लागिसक्यो अझै पनि साउथ–क्याम्प पोलमै छौँ”, आरोही शेर्पाले भने, “साथीहरुले भन्न थाले, हैन अब पुग्यो, माथि नजाऊँ, अझै खतरा छ, तर मैले भनेँ हैन दुई वर्षसम्म कसैले चढ्न पाएको छैन, हामीले बल गर्नैपर्छ यसपालि । हामी अघि बढ्दै जाँदा साउथ समिटको रुटबाट ठूलै पहिरो गयो भाग्यवश हामीलाई केही भएन ।” यसरी पुगे सगरमाथा चुचुरोमा शेर्पा गाइडले मे १० अर्थात् वैशाख २८ गते क्याम्प दुई बाट राती १ बजे उठेर साउथ पोल माथितिर ९बालकोनी० भन्ने ठाउँमा गएर आठ हजार ५०० उचाइमा डोरी टाँगे । साँझ ५ बजेतिर त्यहाँबाट फर्केर सात हजार ५०० मिटर साउथ पोल–अन्तिम क्याम्प ९चार० मा आएर सुतियो र भोलिपल्ट बिहान २ बजे उठेर बाँकी आरोहण सफल ग¥यौँ’, आरोही शेर्पाले अनुभव सुनाए । त्यही दिन अर्थात् वैशाख २९ गतेदेखि वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको थियो । आरोहणको १५ दिनमा करिब ४५० जनाले सगरमाथाको आरोहण गरेका थिए । “अहिले हामीलाई निकै गर्व लागेको छ, त्यति दुःख नगरेको भए यति धेरै आरोहीले चढ्न पाउँदैनथे । त्यो नचढ्नु भनेको हाम्रो देशकै लागि घाटा हो,” आरोही शेर्पाले भने । आरोही शेर्पाले नेपालमा मात्र नभई नर्वे, फ्रान्सलगायत देशमा माउन्टेन गाइडको काम गर्दै आएका छन् । हिमाल आरोहणका लामो इतिहास रहे पनि यस क्षेत्रमा लाग्ने आरोहीको सामाजिक सुरक्षार्थ कार्यक्रम नभएकोमा आरोही चिन्तित छन् । राम्रा आरोही जति सबै विदेसिएका छन्, उनीहरु परिवारको सुरक्षाका लागि तल्लीन छन् । “हामी आरोहीका लागि राज्यले सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ । नत्र भविष्यमा कुनै पनि आरोही पाउन गाह्रो हुन्छ”, उनले भने । पहिलो पटक सगरमाथा आरोहण गर्न सफल ३० वर्षीय अमेरिकी नागरिक ईसाइया जानजोनले सगरमाथाको सफलता जीवनकै अविष्मरणीय क्षण भएको बताए । “सगरमाथा असाध्यै चिसो रहेछ, तर पनि चुचुरोमा पुग्दाको खुसी कल्पनै गर्न सकिन्न, सपनामा पनि नसकेको सफलता प्राप्त भयो, शेर्पा साथीहरुको साथ नभए यो सम्भव थिएन । यसले विश्वभर सन्देश फैलिएको छ,” उनले भने । सन् २०१४ मा सगरमाथाको आधार शिविर माथितिरबाट आएको हिमपहिरोमा परी १६ जना आरोहीको निधन भएको थियो । त्यस्तै, २०१५ मा आएको भूकम्पका कारण सगरमाथाको आधार शिविरमा हिमपहिरो आएर अरू १९ जना आरोहीको ज्यान गएको थियो । सन् २०१६ को वसन्त ऋतुमा हिमाल आरोहण सफलताले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलिएको छ । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending