Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कर्मचारी चुनाव : सुदूरपश्चिममा को अघि को पछि ?

\"Karmachari बैतडी । बुधबार सम्पन्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुदूरपश्चिमका जिल्लामा नेपाल निजामती कर्मचारी युनियन सङ्घको वर्चस्व देखिएको छ । सुदूरपश्चिमका नौ जिल्लामा ६ जिल्लामा युनियन र तीन जिल्लामा नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । प्राप्त नतिजाअनुसार बैतडी, बझाङ र बाजुरामा सङ्गठन तथा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, अछाम र दार्चुलामा युनियन विजयी भएको हो । बैतडीमा नेपाल निजामती कर्मचारी युनियन सङ्घलाई तीन मतले पराजित गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको हो । सङ्गठनले १३६ मत प्राप्त गरेको छ भने युनियनले १३३ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने ८३ मत ल्याएको थियो । १९ मत बदर गएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचनमा ४७७ जना मतदातामध्ये ३६४ मत मात्र खसेको निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिवक्ता धर्मराज जोशीले जानकारी दिए । दार्चुलामा आधिकारिक ट्रेड युनियनको बुधबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०ले तीन मतको अग्रताका साथ नतिजा आफ्नो पक्षमा पारेको छ । जम्मा ४२२ मतदाता कर्मचारीमध्ये ३८३ जनाले आफ्नो मतदान गरेका थिए । खसेको मध्ये १५६ मत आफ्नो पक्षमा पार्दै सङ्घले दार्चुलाबाट सङ्घलाई अग्रता दिनुका साथै जिल्लाको अध्यक्ष र कोषाध्यक्ष पद पनि हात पारेको छ । निर्वाचनमा सङ्घलाई निक्कै चुनौती दिने नेपाल निजामती कर्मचारी सङ्गठनको पक्षमा भने १५३ मत मात्रै देखियो जसले एमाले निकट सङ्गठनलाई दोस्रो स्थान तथा उपाध्यक्षमा चित्त बुझाउनुपर्ने अवस्था आएको छ । जिल्लामा तेस्रो सङ्गठनका रुपमा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठन निजामती भने तेस्रो नम्बरमा परेको छ । जम्मा ५३ मत मात्रै प्राप्त गरेको सङ्गठनले जिल्लामा सचिव पदमा चित्त बुझाउनुप¥यो । त्यसैगरी, जिल्लाबाट स्वतन्त्र कर्मचारी केन्द्रले एक र मधेस कर्मचारी युनियनले एक मत मात्रै प्राप्त गरेका छन् । निर्वाचनमा १९ मत बदर भएको थियो । डडेल्धुरामा ३२० जना कर्मचारीले मतदान गरेकामा सङघले १७३ मत ल्याएको छ । एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले भने ९१ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०ले ३७ मत ल्याएको छ भने नेपाल मधेसी निजामती कर्मचारी मञ्चले तीन मत ल्याएको निर्वाचन अधिकृत बद्रीप्रसाद नेपालले जानकारी दिए । बझाङमा ट्रेड युनियनको निर्वाचनमा कर्मचारी सङ्गठनले १६६ मत ल्याएर विजयी भएको हो । यसका साथै कर्मचारी युनियनले ११७ मत र राष्ट्रिय कर्मचारी सङ्गठन २५ मत र मधेसी कर्मचारी सङ्गठनले तीन मत ल्याएको थियो । तीन वटा सङ्गठनबीच भएको चुनावमा ५० मतले कर्मचारी सङ्गठनले विजयी भएको हो । ३५० कर्मचारी मतदाता सङ्ख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले बताए । ११ जना कार्य समिति रहने आधिकारिक ट्रेड युनियनमा विजयी भएको सङ्गठनबाट शेरबहादुर विष्ट अध्यक्षमा सिफारिस गरिने बताइएको छ । डोटीमा कर्मचारी युनियनले कुल खसेको मतभन्दा ५३।६ प्रतिशत अर्थात् २५५ मत ल्याएर पहिलो भएको हो । यस्तै, मतगणनाको परीणामअनुसार निजामती कर्मचारी सङ्गठनले ३६।८ प्रतिशत अर्थात् १७५ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन भने ६।७ प्रतिशत अर्थात् ३६ मत ल्याएर तेस्रो भएको छ । निर्वाचनमा भाग लिएको नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १२ अर्थात् २।५ प्रतिशत मत पाएर चौथो भएको छ भने राष्ट्रिय कर्मचारी सङ्गठनले एक मत पाएर पाचौँ स्थान हासिल गरेको छ । अछाममा नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ० विजयी भएको छ । बुधबार भएको मतदानमा सङ्घ ४५ मतले विजयी भएको छ । सङ्घले १८४, नेपाल निजामती कर्मचारी सङ्गठन १४२, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ४०, मधेसी कर्मचारी मञ्चले १२ मत ल्याएका छन भने ११ मत बदर भएका छन् । बाजुरामा निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । सङ्गठनले १५० मत प्राप्त गरेको छ भने युनियनले ११४ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने १३ मत ल्याएको थियो । कञ्चनपुरमा निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा काँग्रेस निकट कर्मचारी युनियन विजयी भएको छ । जिल्ला निर्वाचन अधिकृत खेमराज ओझाले दिनुभएको जानकारीअनुसार युनियनले ३०६, निजामती कर्मचारी सङ्गठनले २९८, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ११७, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १९ र कर्मचारी मिलन केन्द्रले तीन मत ल्याएका हुन् । सबैभन्दा बढी मत ल्याई अग्रस्थानमा रहेको युनियनले अब आधिकारिक कर्मचारीको टे«ड युनियनको नेतृत्व लिनेछ । कुल ८०४ मतमध्ये ७५१ मत खसेका थिए भने आठ मत बदर भएका थिए । कैलालीमा एक हजार ५७ जना मतदातामध्ये ९६४ जनाले मतदान गरेका थिए । कैलालीको नतिजाअनुसार काँग्रेस निकट युनियन सङ्घ ३९९ मत ल्याएर विजयी भएको छ । यस्तै, नेपाल निजामती कर्मचारी सङ्गठनले ३५६ मत ल्याएर दोस्रो भएको छ भने माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ८५ मत ल्याएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending