Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कर्मचारी चुनाव : सुदूरपश्चिममा को अघि को पछि ?

\"Karmachari बैतडी । बुधबार सम्पन्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुदूरपश्चिमका जिल्लामा नेपाल निजामती कर्मचारी युनियन सङ्घको वर्चस्व देखिएको छ । सुदूरपश्चिमका नौ जिल्लामा ६ जिल्लामा युनियन र तीन जिल्लामा नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । प्राप्त नतिजाअनुसार बैतडी, बझाङ र बाजुरामा सङ्गठन तथा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, अछाम र दार्चुलामा युनियन विजयी भएको हो । बैतडीमा नेपाल निजामती कर्मचारी युनियन सङ्घलाई तीन मतले पराजित गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन विजयी भएको हो । सङ्गठनले १३६ मत प्राप्त गरेको छ भने युनियनले १३३ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने ८३ मत ल्याएको थियो । १९ मत बदर गएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचनमा ४७७ जना मतदातामध्ये ३६४ मत मात्र खसेको निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिवक्ता धर्मराज जोशीले जानकारी दिए । दार्चुलामा आधिकारिक ट्रेड युनियनको बुधबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०ले तीन मतको अग्रताका साथ नतिजा आफ्नो पक्षमा पारेको छ । जम्मा ४२२ मतदाता कर्मचारीमध्ये ३८३ जनाले आफ्नो मतदान गरेका थिए । खसेको मध्ये १५६ मत आफ्नो पक्षमा पार्दै सङ्घले दार्चुलाबाट सङ्घलाई अग्रता दिनुका साथै जिल्लाको अध्यक्ष र कोषाध्यक्ष पद पनि हात पारेको छ । निर्वाचनमा सङ्घलाई निक्कै चुनौती दिने नेपाल निजामती कर्मचारी सङ्गठनको पक्षमा भने १५३ मत मात्रै देखियो जसले एमाले निकट सङ्गठनलाई दोस्रो स्थान तथा उपाध्यक्षमा चित्त बुझाउनुपर्ने अवस्था आएको छ । जिल्लामा तेस्रो सङ्गठनका रुपमा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठन निजामती भने तेस्रो नम्बरमा परेको छ । जम्मा ५३ मत मात्रै प्राप्त गरेको सङ्गठनले जिल्लामा सचिव पदमा चित्त बुझाउनुप¥यो । त्यसैगरी, जिल्लाबाट स्वतन्त्र कर्मचारी केन्द्रले एक र मधेस कर्मचारी युनियनले एक मत मात्रै प्राप्त गरेका छन् । निर्वाचनमा १९ मत बदर भएको थियो । डडेल्धुरामा ३२० जना कर्मचारीले मतदान गरेकामा सङघले १७३ मत ल्याएको छ । एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले भने ९१ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०ले ३७ मत ल्याएको छ भने नेपाल मधेसी निजामती कर्मचारी मञ्चले तीन मत ल्याएको निर्वाचन अधिकृत बद्रीप्रसाद नेपालले जानकारी दिए । बझाङमा ट्रेड युनियनको निर्वाचनमा कर्मचारी सङ्गठनले १६६ मत ल्याएर विजयी भएको हो । यसका साथै कर्मचारी युनियनले ११७ मत र राष्ट्रिय कर्मचारी सङ्गठन २५ मत र मधेसी कर्मचारी सङ्गठनले तीन मत ल्याएको थियो । तीन वटा सङ्गठनबीच भएको चुनावमा ५० मतले कर्मचारी सङ्गठनले विजयी भएको हो । ३५० कर्मचारी मतदाता सङ्ख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले बताए । ११ जना कार्य समिति रहने आधिकारिक ट्रेड युनियनमा विजयी भएको सङ्गठनबाट शेरबहादुर विष्ट अध्यक्षमा सिफारिस गरिने बताइएको छ । डोटीमा कर्मचारी युनियनले कुल खसेको मतभन्दा ५३।६ प्रतिशत अर्थात् २५५ मत ल्याएर पहिलो भएको हो । यस्तै, मतगणनाको परीणामअनुसार निजामती कर्मचारी सङ्गठनले ३६।८ प्रतिशत अर्थात् १७५ मत ल्याएर दोस्रो स्थान हासिल गरेको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन भने ६।७ प्रतिशत अर्थात् ३६ मत ल्याएर तेस्रो भएको छ । निर्वाचनमा भाग लिएको नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १२ अर्थात् २।५ प्रतिशत मत पाएर चौथो भएको छ भने राष्ट्रिय कर्मचारी सङ्गठनले एक मत पाएर पाचौँ स्थान हासिल गरेको छ । अछाममा नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ० विजयी भएको छ । बुधबार भएको मतदानमा सङ्घ ४५ मतले विजयी भएको छ । सङ्घले १८४, नेपाल निजामती कर्मचारी सङ्गठन १४२, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ४०, मधेसी कर्मचारी मञ्चले १२ मत ल्याएका छन भने ११ मत बदर भएका छन् । बाजुरामा निजामती कर्मचारी सङ्गठन विजयी भएको छ । सङ्गठनले १५० मत प्राप्त गरेको छ भने युनियनले ११४ मत प्राप्त गरेको छ । राष्ट्रिय कर्मचारी सङ्गठनले भने १३ मत ल्याएको थियो । कञ्चनपुरमा निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा काँग्रेस निकट कर्मचारी युनियन विजयी भएको छ । जिल्ला निर्वाचन अधिकृत खेमराज ओझाले दिनुभएको जानकारीअनुसार युनियनले ३०६, निजामती कर्मचारी सङ्गठनले २९८, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ११७, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले १९ र कर्मचारी मिलन केन्द्रले तीन मत ल्याएका हुन् । सबैभन्दा बढी मत ल्याई अग्रस्थानमा रहेको युनियनले अब आधिकारिक कर्मचारीको टे«ड युनियनको नेतृत्व लिनेछ । कुल ८०४ मतमध्ये ७५१ मत खसेका थिए भने आठ मत बदर भएका थिए । कैलालीमा एक हजार ५७ जना मतदातामध्ये ९६४ जनाले मतदान गरेका थिए । कैलालीको नतिजाअनुसार काँग्रेस निकट युनियन सङ्घ ३९९ मत ल्याएर विजयी भएको छ । यस्तै, नेपाल निजामती कर्मचारी सङ्गठनले ३५६ मत ल्याएर दोस्रो भएको छ भने माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ८५ मत ल्याएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: