Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

माओवादी एकताले देशव्यापी उभार आयाे - प्रचण्ड

\"prachanda\"काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी समूहबीचको एकताले राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ उभार पैदा भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त भेलालाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले जनतालाई एकताबद्ध बनाएर लैजान पनि माओवादी एकताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

अध्यक्ष प्रचण्डले, “हामीले विभिन्न खालका हन्डर तथा ठक्कर खायौ। विभिन्न खालका अपमान पनि सह्यौँ । सहिद, बेपत्ता र घाइते परिवारको आक्रोशको पनि अनुभव ग¥यौँ । यसैले हामीलाई एकताको मार्गमा डोहो¥यायो । अब एकतालाई जनताको तहसम्म पुगेर मजबुत बनाउनु हामी सबैको दायित्व हो ।”

मुलुकमा जारी राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि माओवादीले नै नेतृत्व गर्ने उनले उल्लेख गरे । माओवादी घटकको एकतापछि महाधिवेशन आयोजक समिति ठूलो भयो भन्ने टिप्पणी गलत भएको र अन्तरिमकालका लागि मात्रै समिति ठूलो बनाइएको उनको भनाइ थियो ।उनले भने – “पार्टीलाई जनताको तहमा पुनः स्थापित गरेर मुलुकको एक नम्बरको पार्टी बनाउन पनि हामीहरु प्रतिबद्ध भएर लागेका छौँ ।”

माओवादीको एकतापछि देश, विदेशबाट सकारात्मक सन्देश प्राप्त भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले केही दिनभित्रै विभिन्न टुक्रामा विभक्त माओवादी तथा समूह एकता प्रक्रियामा आउने जानकारी दिए ।

एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले मुलुकका सामु रहेको गम्भीर चुनौतीलाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलबीच एकता आवश्यक रहेको बताए ।

क्रान्तिकारी पत्रकार सङ्घको नाम परिवर्तन

क्रान्तिकारी पत्रकार सङ्घ र क्रान्तिकारी पत्रकार महासङ्घको आज भएको संयुक्त भेलाले दुवै सङ्गठन विघटन गरी ‘प्रेस सेन्टर’ नेपाल नामकरण गरेको छ । आगामी भदौ १० र ११ गते काठमाडौँमा सेन्टरको पहिलो महाधिवेशन गरिने र त्यसका लागि ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।

भेलाले १ नं प्रदेशमा राजेन्द्र किराती, २ नं मा देवराम यादव, ३ नं मा लक्ष्मण खड्का, ४ नं मा त्रिभुवन पौडेल, ५ नं मा मौसम रोका, ६ नं मा देवीराम देवकोटा, ७ नं प्रदेशमा पहल साउद र प्रतिष्ठान समितिमा रमेश लम्साललाई संयोजन गर्ने जिम्मा दिइएको सेन्टरका संयोजक गोविन्द आचार्यले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending