काठमाडौं । नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् ।
निर्वाचन आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस निकट संघले ४० र राष्ट्रिय कर्मचारी संगठनले ११ मत ल्याएको छ।
त्यस्तैगरी , महिला तथा बालबालिका मन्त्रालयमा पनि संगठनले नै जित हात पारेकाे छ। उक्त मन्त्रालयमा खसेको कूल ९२ मतमा संगठनले ४८, युनियनले २०, राष्ट्रिय कर्मचारी संगठन निजामतीले १६ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत पाएको छ भने ५ मत बदर भएको छ।
निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयमा पनि एमाले निकट संगठनले जित हात पारेकाे छ । प्रधानमन्त्री कार्यालयमा कूल खसेको मत मध्ये संगठनले १ सय ७३ मत प्राप्त गरी विजयी भएको छ । युनियनले ६७ मत र संगठन निजामतीले २५ मत प्राप्त गरेका छन् ।
बझाङमा नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । कर्मचारी संगठनले १६६ मत ल्याएर जित हात पारेको हो । युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको छ ।
३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए । तिन वटा संगठन ले आधिकारीक रुपमा चुनावी मैदानमा सहभागी भएका थिए । ११ जना कार्य समीती रहने संगठनबाट शेर बहादुर विष्ट अध्यक्ष हुने बताइएको छ ।
प्रतिकृया लेख्नुहोस्: