Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

तीन दल नमिलेसम्म राष्ट्रिय सहमति बन्न सक्दैनः प्रधानमन्त्री

\"KP-oli-talking-750\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, “२०७४ साल मङ्सिरमा चुनाव भएर आफ्नो पार्टीले बहुमत ल्याउँछ, अनि गठबन्धन सरकार निर्माणको शृङ्खला सकिन्छ ।”

संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको घटना स्मरण गराउँदै उनले नेपाली काँग्रेसले लोकतन्त्रमा सहमतिका आधारमा होइन, प्रतिपक्षको भूमिका हुनुपर्छ भनेर जोड दिएकाले सहमति बन्न नसकेको बताए ।

अनौठो र अनुपयुक्त ढङ्गबाट सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको प्रतिपक्षमा बस्ने निर्णयले सहमति नमान्ने र भत्काउने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “आफूहरु सधैँ राष्ट्रिय सहमतिकै पक्षमा छौँ, प्रमुख तीन राजनीतिक दलबीच सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रिय सहमति नै भएको बताए ।उनले भने, “सरकारको भन्दा पनि राष्ट्रिय सहमति बन्ने कि नबन्ने, संविधान लागू गर्ने, पुनःनिर्माण, मधेसमा उठेको मुद्दालगायतका विषयवस्तुलाई समाधान गर्ने कुरा बढी महत्वपूर्ण छन्, सरकारका बारेमा जति चासो हुने गरेको छ, त्योभन्दा बढी सञ्चारमाध्यमले राष्ट्रिय एकतामा चासो दिन आवश्यक छ ।”

राष्ट्रिय सहमति बन्यो भने मात्र सरकारको जिम्मेवारी लिने भन्ने कुरा भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले भने, “राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना छ, राष्ट्रिय एकता बन्ने कुरा महत्वपूर्ण छ ।”

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको चहनाअनुरुप संविधानसभाबाट समावेशी र प्रगतिशील संविधान जारी भएकाले सबै राजनीतिक दल यसको कार्यान्वयनमा लाग्नुपर्छ भने ।

समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका वरिष्ठ अधिकृत तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित एवम् राप्रपाका शुभचिन्तकहरु सहभागी थिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending