Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बजेटले जेष्ठ नागरिकहरुमा खुशीयाली, चार वर्षदेखिको आन्दोलन अन्त्य

\"jestha\"काठमाडौं । ब्यवस्थापिका संसदमा शनिवार पेश गरिएको आर्थिक वर्ष २०७३/७४ को बजेटले जेष्ठ नागरिकहरुमा खुशीयाली छाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएसँगै जेष्ठ नागरिकहरुमा खुशीयाली छाएको हो । बजेट प्रस्तु भएसँगै जेष्ठ नागरिकको भत्ता बढाउनुपर्ने लगायतको माग गर्दै काठमाडौंमा चार वर्षदेखि धर्ना दिँदै आएका बृद्धबृद्धाहरुको आन्दोलन पनि अन्त्यको घोषणा समेत गरेका छन् । उनीहरुले चार वर्षदेखिको आन्दोलन अन्त्य भएको घोषणा गर्दै अबिर जात्रासमेत गरे । को घोषणासँगै जेष्ठ नागरिकहरुले ३९ महिना लामो आन्दोलन अन्त्य गरेका छन् । सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइनुपर्ने, सार्वजनिक यातायात र सरकारी अस्पतालमा उपचार खर्च छुट दिइनुपर्ने लगायतका माग राखेर जेष्ठ नागरिकहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । जेष्ठ नागरिकहरुले माग गरेबमोजिम सामाजिक सुरक्षा भत्ता नबढे पनि पूर्व निर्धारित भत्ता भन्दा दोब्बर गरिएपछि उनीहरु खुशी भएका हुन् । चारवर्षदेखि मीनभवनस्थित यातायात विभाग परिसरमा पाल टाँगेर सरकारविरुद्ध नाराबाजी गर्दै आएका उनीहरु आइतबार सरकारको जयजयकार गर्दै खुशीयाली मनाएका थिए । जेष्ठ नागरिकहरुले आफ्ना माग आंशिक रुपमा पूरा भएको भन्दै तत्कालका लागि मात्र धर्ना अन्त्य गरेको बताए । उनीहरुले माग आंशिक रुपमा पूरा भएको खुशियालीमा मेची महाकाली यात्रामा निस्किने र देशभरका जेष्ठ नागरिकहरुसँगको सल्लाहका आधारमा आन्दोलनका कार्यक्रम तय गरिने बताए । संयुक्त जेष्ठ नागरिक संघर्ष समितिका नाममा जेष्ठ नागरिकहरु २०६९ सालको फागुन २४ गतेदेखि काठमाडौको मिनभवनस्थित यातायात व्यवस्था विभागको परिसरमा धर्ना बस्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: